Prakash Adhikari July 29, 2025
काठमाडौँ, १३ साउनःसंयुक्त राष्ट्रसङ्घको आह्वानमा इराकमा शान्ति स्थापनाका निम्ति परिचालित शान्ति सैनिकको टोली फिर्ता भएको छ । आगामी पुस १६गतेसम्म मात्र राष्ट्रसङ्घको इराक ‘मिसन’सञ्चालन गर्ने योजनाअनुसार २७ जनाको अन्तिम टोली आज स्वदेश फिर्ता भएको हो ।
नेपाली सेनाको जनसम्पर्क सूचना निर्देशनालयका अनुसार यसअघि इराक मिसनबाट तीनवटा टोलीको  स्वदेश आगमन भइसकेको छ ।
–––
Share Now