सूर्य विनायक(भक्तपुर), २१ साउन । काँडाघारीबाट अपहरण गरिएका निशान खड्काको हत्यामा संलग्न दुईजना अपहरणकारीहरुसूर्य विनायकको पाइलटबाबा जंगलमा प्रहरीसंंग भएको मुठभेडमा मारिएका छन् ।
इन्काउन्टरमा मारिनेमा नुवाकोटका गोपाल तामाङ र सिन्धुपाल्चोकका अजय तामाङ रहेका छन् ।
काँडाघारीको चमेली खाजा घरमा नियमित रुपमा खाजा खान आउने तामाड.द्धयले बालक निशानको आइतबार अपरहण गरेका थिए ।
प्रहरीले आइतबार बिहान मध्यपुर थिमी नगरपालिका नगदेश भन्ने ठाउँमा निर्माणाधीन घरमा गाडेको अवस्थामा बालकको शव वरामद गरेको थियो ।
प्रहरीले पिछा गरेको थाहा पाएपछि भागेर जंगलमा पुगेका उनीहरुले प्रहरीमाथि उल्टै आक्रामणको प्रयास गरेपछि जवाफी फायरिङ भएको थियो ।
प्रहरीका अनुसार ठिमी नगरपालिकाको नगदेशस्थित श्याम लवटको निर्माणाधीन घरभित्र निशानको हत्या गरी शव फालिएको अवस्थामा मध्यान्ह साढे १२ बजे शव भेटिएको हो ।
अपहरणकारीले आइतबार साँझ काँडाघारीबाट बालकको अपहरण गरी शुरुमा १ करोड फिरौती माग गरेका थिए । उनीहरु वार्गेनिड.मा विस्तारै ४० लाख रुपैयामा आइपुगेका थिए । तर अपहरणको २४ घण्टा नपुग्दै उनीहरुले ११ बर्षीय बालक अनिशको हत्या गरिसकेका रहेछन् ।
घटनास्थलबाट प्रहरीले १ थान पेस्तोल, २ राउण्ड गोली र अपहरणपश्चात फिरौती रकम माग गरिएको सिम प्रयोग गरिएको मोबाइल बरामद गरेको छ ।