काठमाडौँ, २१ साउन : एएफसी यु–२० महिला एसियन कप छनोटअन्तर्गत आज भएको नेपाल र भुटानबीचको खेल बराबरीमा सकिएको छ ।
भुटानको थिम्पुस्थित चाङलिमियाङ स्टेडियममा भएको खेल आयोजक भुटान र नेपालका तर्फबाट १–१ गोल भइ बराबरीमा सकिएको हो ।
नेपालले भुटानविरुद्ध खेलको पहिलो मिनेटमा नै गोलको खाता खोलेको थियो । नेपालको लागि सेनु परियारले गोल गरिन् ।
नेपालको एक शून्य गोलको अग्रता लामो समयसम्म टिक्न सकेन । त्यसपछि खेलको १८औँ मिनेटमा भुटानले गोल फर्कायो । भुटानका लागि केल्देन वाङमोले बराबरी गोल गरिन् ।
त्यसपछि खेलको ७०औँ मिनेटमा नेपालले गोल गर्यो । तर असिस्टेन्ट रेफ्रीले अफ साइडको झण्डा उठाइदिए ।
दुवै टोलीबाट दोस्रो हाफमा गोल हुन सकेन । यस खेलसँगै नेपाल र भुटानले समान १–१ अङ्क जोडेका छन् । —


















