Prakash Adhikari August 7, 2025

-बीबीसी भिजूअल जर्नलिजम् टीम

वाशिंटन डीसी(संयुक्त राज्य अमेरिका), २२ साउन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले घोषणा गरेअनुसार ९० भन्दा बढी देशले तिनका सामान अमेरिका जाँदा तिर्नुपर्ने नयाँ ट्यारिफको दर बिहीवारदेखि कार्यान्वयनमा आएको छ।

ट्यारिफ लागु भएपछि अब विभिन्न देशबाट अमेरिका सामान आयात गर्ने कम्पनीहरूले अमेरिकी सरकारलाई कर तिर्नुपर्ने छ। ती कम्पनीहरूले त्यसरी बढेको खर्चको भार उपभोक्तामाथि थपिदिने अनुमान विज्ञहरूको छ।

अमेरिकामा उच्च ट्यारिफ तिर्नुपर्ने देशमध्ये ब्राजिल पनि पर्छ। ब्राजिलबाट आयातित अधिकांश वस्तुमा ५० प्रतिशत शुल्क तोकिएको छ।

भारतमाथि पनि ट्रम्पले ५० प्रतिशत शुल्क तोकेका छन्। भारतीय वस्तुमाथि २७ अगस्टदेखि ट्यारिफ लाग्ने छ। नेपाली वस्तुमाथि पनि ट्रम्पले ट्यारिफ लगाएका छन्। तर त्यो १० प्रतिशत मात्र छ।

अमेरिका र चीनबीच ट्यारिफको विषयमा वार्ता भइरहेको छ। दुवै देश १२ अगस्टसम्म नयाँ ट्यारिफ लागु नगर्न सहमत भएका छन्।

मेक्सिकोका लागि केही राहत दिँदै ट्रम्पले ९० दिनसम्म पुरानै दर लागु गर्ने बताएका छन्। उनले मेक्सिकोमाथि लगाएको ट्यारिफ बढाएर ३५ प्रतिशत पुर्‍याउने चेतावनी दिँदै आएका थिए। अमेरिकाले उत्तरी छिमेकी देश क्यानडामाथि गत शुक्रवारदेखि लागु हुने गरी ३५ प्रतिशत ट्यारिफ लगाएको छ।

यद्यपि अमेरिका, मेक्सिको र क्यानडाले गरेको एउटा त्रिपक्षीय व्यापार सहमतिअनुसार अधिकांश वस्तुमा उक्त ट्यारिफ लाग्दैन।

यहाँ देशअनुसार अमेरिकाले गर्ने आयातको हिस्सासहित र ट्रम्पले लगाएको ट्यारिफको दरको सूची प्रस्तुत गरिएको छ।

अमेरिकी ट्यारिफका कारण कुनकुन देश प्रभावित भएका छन्

भारतबाहेक नेपालसहित अरू देशका लागि नयाँ दर ७ अगस्ट देखि लागु

अमेरिकाले गर्ने आयातको हिस्सा
दर
मेक्सिको
15.5%
25.00
चीन
13.4%
30.00
क्यानडा
12.6%
35.00
जर्मनी
4.9%
15.00
जापान
4.5%
15.00
भियतनाम
4.2%
20.00
दक्षिण कोरिया
4.0%
15.00
ताइवान
3.6%
20.00
आयरल्यान्ड
3.2%
15.00
भारत
2.7%
50.00
इटली
2.3%
15.00
यूके
2.1%
10.00
स्विट्जरल्यान्ड
1.9%
39.00
थाईल्यान्ड
1.9%
19.00
फ्रान्स
1.8%
15.00
मलेशिया
1.6%
19.00
सिङ्गापुर
1.3%
10.00
ब्रजिल
1.3%
50.00
नेदरल्यान्ड्स
1.0%
15.00
इन्डोनेशिया
<1%
19.00
बेल्जम
<1%
15.00
इजरेल
<1%
15.00
स्पेन
<1%
15.00
स्वीडन
<1%
15.00
कोलम्बिया
<1%
10.00
अस्ट्रिया
<1%
15.00
टर्की
<1%
15.00
अस्ट्रेलिया
<1%
10.00
चिली
<1%
10.00
दक्षिण अफ्रिका
<1%
30.00
Share Now