Prakash Adhikari August 7, 2025

बाजुरा, २२ साउनः बडीमालिकाको दर्शनका लागि गएका भक्तजनलाई लक्षित गरी नेपाली सेनाको ईश्वरी बक्स गुल्म बाजुराले सञ्चालन गरेको निःशुल्क स्वास्थ्य उपचार सेवामा ६०० भन्दा बढीले सेवा लिएका छन् ।

यही साउन २३ गते चतुर्दशीका दिन लाग्ने पूजाका लागि यहाँ आएका भक्तजनहरुलाई निःशुल्क सेवा प्रदान गर्न सुरु गरिएको ईश्वरी बक्स गुल्म बाजुराका गुल्मपति सेनानी कृष्ण तिमिल्सेनाले बताउनुभयो ।

गुल्मले बडीमालिका मन्दिर, त्रिवेणी पाटन र बडीमालिका जानेबीच बाटोमा गरी तीन ठाउँमा स्वास्थ्य शिविर सञ्चालन गरेको छ । तिमिल्सेनाका अनुसार शिविरमा आएका तीन जना भक्तजनलाई उपचार गरी घर फर्काइएको छ ।

सुदूरपश्चिमको धार्मिक आस्थाको धरोहरका रुपमा रहेको बडीमालिकामा यो वर्ष करिव पाँच हजारभन्दा बढी भक्तजनले दर्शन गरिसकेको गुल्मपति तिमिल्सेनाको भनाइ छ ।

Share Now