Prakash Adhikari August 8, 2025

काठमाडौं, २३ साउन । “रिडिफाइनिङ सक्सेस” भन्ने नाराका साथ नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले चार दिने ब्रान्च मेनेजर्स एनुअल कन्फ्रेन्स धुलिखेलस्थित होटल दुषित थानी हिमालयन रिसोर्टमा सम्पन्न गरेको छ ।

आ.व. २०८१÷८२ मा उत्कृष्ट व्यवसाय गर्दै तोकिएको लक्ष्य पूरा गर्ने शाखाहरुलाई सम्मान र पुरस्कृत गर्ने तथा जीवन बीमा व्यवसाय संग सम्वन्धित वर्तमान पाटो बारे विवेचनागरी आगामी बर्षको लागि स्पष्ट खाका कोर्ने उदेश्यले कम्पनीका अध्यक्ष प्रेमा राज्यलक्ष्मी सिंहको सभापतित्वमा सम्मेलन आयोजना गरिएको थियो ।

अध्यक्ष प्रेमाराज्य लक्ष्मी सिंहले पानसमा दीप प्रज्वलन गरेर शुभारम्भ गर्नुभएको सम्मेलनमा विभागीय प्रमुख तथा देशैभरिबाट प्रदेश प्रमुख, शाखा प्रमुख र मार्केटिङ कर्मचारीहरु गरी १ सय ५० जना भन्दाबढिको सहभागिता रहेको थियो ।

सम्मेलनको समुद्घाटन गर्दै अध्यक्ष प्रेमाराज्य लक्ष्मी सिंहले जीवन बीमा व्यवसाय प्रतिष्पर्धात्मक हुँदै गैरहेको स्थितिमा आफ्नो दक्षता र मेहनतले कम्पनीको व्यवसाय वृद्धि गर्नुपर्ने दायित्वलाई आत्मसात गरी तोकिएको व्यवसायिक लक्ष्य पूरा गर्ने सबै शाखाहरुलाई तथा सबैको सामूहिक प्रयासबाट उच्च व्यवसाय संकलन गर्न सफल भएकोमा सम्पूर्ण शाखा तथा केन्द्रीय कार्यालयका कर्मचारीहरुलाई बधाई ज्ञापन गर्नु भयो । उहाँलेै आगामी दिनहरुमा पनि सबैको अधिकतम प्रयासले कम्पनीको उचाई थप बृद्धि गर्ने विश्वास व्यक्त गर्नुभयो ।

सम्मेलनमा सहभागी हुनुभएका कर्मचारीहरलाई व्यवसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले विभिन्न उदाहरण प्रस्तुत गर्दै चर्चित व्यक्तित्व अनिलकेशरी शाहले नेतृत्व विकास सम्बन्धमा उत्प्रेरणा तालिम प्रदान गर्नु भएको थियो । यसै गरी नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणका उपनिर्देशक पदमप्रसाद सोडारीले सम्पत्ति शुद्धीकरण सम्वन्धमा प्रशिक्षण प्रदान गर्नु हुँदै बीमालाई माध्यम बनाएर पनि विभिन्न बहानामा सम्पत्ती शुद्धीकरण गर्ने कार्य बढ्दै गएकोले यसतर्फ सचेत रहन आग्रह गर्नुभयो ।

उहाँले विभिन्न वित्तीय क्रियाकलापबाट यस्ता व्यक्तिहरुलाई चिन्न सकिने भएकोले उनीहरुको वित्तीय क्रियाकलापलाई सुक्ष्म निगरानीमा राखी आफ्नो पेशालाई मर्यादित बनाई अघि बढाउँदा राष्ट्रिय हित र कम्पनीलाई टेवा पुग्ने बताउनुभयो । उहाँले शुद्धीकरणलाई रोक्नु सबैको कर्तव्य भएको वताउनु भयो ।

सांगितिक प्रस्तुती तथा कर्मचारीहरु बिच टग अफ वार, फुटसल प्रतियोगिता जस्ता मनोरन्जनात्मक कार्यक्रमहरु समावेश गरिएको सो सम्मेलनमा आ.व. २०८१÷८२ मा उत्कृष्ट ठहरिएका शाखा कार्यालयहरु लगाएत बार्षिक लक्ष्य पूरा गर्ने शाखा कार्यालयहरु र विभिन्न विधामा उत्कृष्ट रहेका शाखा कार्यालयहरुलाई प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले सम्मान तथा पुरस्कृत गर्नुभएको थियो ।

Share Now