सेमिफाइनलमा रेडस्टार क्लब झापालाई २-० गोलले पराजित गर्दै सलहेस र द योङ ब्रदर्स क्लब इटहरी सुनसरीलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै चर्च ब्वाइज फाइनलमा पुगेका हुन् । फाइनल अघि शुक्रबार भएको प्रिम्याच प्रेस कन्फरेन्समा दुवै टिमका प्रशिक्षक तथा टिम कप्तानले आफ्नो टिम उपाधि जित्न सक्षम रहेको दाबी गरे ।
सहलेसँग चार विदेसी खेलाडी छन् । तर सोदिया आदमले दुई पहेलो कार्ड पाएकाले उनी फाइनल खेलमा निलम्बनमा रहने छन्। यद्यपि, सलहेसले उनको ठाउँमा अर्का विदेसी खेलाडी थप्ने बताएको छ । सहभागी दुवै क्बल एक अर्काप्रति चिरपरिचित रहेकाले नयाँ रणनीतिका साथ मैदान उत्रने टिम कप्तानले बताएका छन्।
विजेताले ७ लाख २ हजार ८२ र उपविजेताले ३ लाख ५० हजार २ सय ८२ रूपैयाँ पाउने छन् । सर्वोत्कृष्ट खेलाडीले यामाहाको मोटरसाइकल पाउने आयोजकले बताएका छन् ।
प्रतियोगितामा आठ टिम सहभागी थिए ।


















