काठमाडौं, ९ भाद्र। एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणको छनोट खेलमा आज नेपालको एपीएफ क्लबले उज्बेकिस्तानको पीएफसी सेभिञ्च क्लबसंग प्रतिस्पर्धा गर्दैछ ।
खेल रातिको ९ः१५ बजे सुरु हुने जनाइएको छ ।
यो छनोट खेलमा बी समूहमा परेको नेपालले थाइल्याण्डको कलेज अफ एशियन स्कलर्स, उज्वेकिस्तानको पीएफसी नसाफ र साउदी अरेबियाको अल नासेर क्लबसंग प्रतिस्पर्धा गर्ने छ ।
एएफसी वुमन्स क्लब च्याम्पियन्स लिग एशियाली फुटबल कन्फेडेरेशन (एएफसी) को आयोजनामा भाद्र ९ देखि १५ गतेसम्म उज्वेकिस्तानको कर्सी शहरमा सञ्चालन हुँदै छ।
गत वर्ष नेपालले प्रारम्भिक चरणमा नेपालको एपीएफ उज्बेकिस्तानको नासाफसँगै मलेसियाको सबाहसँग खेलेको थियो । त्यसबेला एपीएफ नासाफसँग १ ० ले पराजित भएको थियो ।े सबाहसंग गोलरहित बराबरी गरेको थियो ।
एएफसी महिला क्लब च्याम्पियनसीपमा सहभागी क्लबहरुलाई चार समूहमा विभाजन गरिएको छ । समूह एमा फिलिपिन्सको स्टालियन लगुना फुटबल क्लब, म्यानमारको आइएसपीई महिला फुटबल क्लब,गुयामको स्ट्राइकर्स फुटबल क्लब र मंगोलियाको ख्वोभ्द वेष्टर्न फुटबल क्लब छन् ।
समूह सीमा मलेसियाको केलना युनाइटेड फुटबल क्लब, जोर्डनको इतिहाद क्लब,सिंगापुरको लायन सिटी सेलर्स र किर्गिस्तानको स्ेड्युशोर एसआई एशियागोल रहेका छन् ।
चौथो समूह डीमा ताइपेइको कोइशुड. एट्याक्र्स फुटबल क्लब, डेमोक्रेटिक पिपुल्स रिपब्लिक अफ कोरियाको, मास्टर्स फुटबल क्लब लागोस र भुटानको आरटीसी फुटबल क्लब रहेका छन ।
त्यस्तै पाँचौ समूह ग्रुप डीमा भारतको पूर्वीबंगाल फुटबल क्लब, किची सकर क्लब हंगकंग र नोम्पेन्ह क्राउन फुटबल क्लब क्याम्बोडिया रहेका छन् ।
समूह बीको खेल उज्वेक्सितानको कर्सी शहरमा आजदेखि सुरु हुँदैछ । यही खेलमा प्रतिस्पर्धा गर्न एपीएफको टोली शुक्रबार उज्बेकिस्तान प्रस्थान गरेको थियो। नेपालको लिग च्याम्पियन एपीएफले लगातार दोस्रो पटक एएफसी महिला च्याम्पियन्स लिगको प्रारम्भिक चरणमा प्रतिस्पर्धा गर्न लागेको हो ।

कर्सी जाने एफएफपीको खेलाडी,प्रशिक्षक र अफिसियलहरुको टोलीलाई सशस्त्र प्रहरी बलले एक समारोहको बीचमा बिहिबार बिदाइ गरेको थियो । सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा हलचोकमा आयोजित समारोहबीच सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्यालले खेलाडीसहितका प्रतिनिधिहरूलाई बिदाइ गर्नुभएको थियो ।
बिदाई समारोहमा महानिरीक्षक अर्यालले जितको भावनाका साथ खेल खेल्न अनुरोध गर्नुभएको थियो । उहाँले खेलाडीहरुले मैले किन जित्न नसक्ने भन्ने भावनाकासाथ मन र दिमाग खेलमा केन्द्रित गरेर जित्ने ध्येयकासाथ खेल्नुपर्ने बताउनुभयो ।उहाँले खेल संगठनको मात्र नभई राष्ट्रको गौरवको कुरा भएकाले खेलाडीले अनुशासित भई खेल्नुपर्ने तथा यसलाई महत्वपूर्ण अवसरको रूपमा लिनुपर्ने भनाइ राख्नुभएको थियो ।
त्यस अवसरमा महानिरीक्षक अर्यालले सशस्त्र टोलीको प्रायोजक अग्नि इनकर्पोरेट प्रालिका प्रबन्धक निर्देशक अर्जुनप्रसाद शर्मालाई आइजी एपीएफ कमेण्डेसनबाट सम्मान गर्नुभएको थियो । एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङले खेलाडीहरूले जितको शुभकामना दिनुभएको थियो । त्यस अवसरमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहाल, सशस्त्र प्रहरी नायब महानिरीक्षक कालिदास धौवजी, सशस्त्र प्रहरी बल नेपाल खेलकुद तथा शारीरिक सुगठन शिक्षालय काठमाडौंका समादेशक सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक कमलप्रसाद लगायतको उपस्थिति थियो ।



















