प्रोभिडेन्स क्रिकेट मैदान, (गुयना ) २५ साउन । नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिगको आफ्नो टिमको पहिलो खेलमा नै विश्वका क्रिकेट खेलप्रेमीहरुको ध्यान तान्न सफल भएका छन् ।
आज बिहानदेखि भैरहेको लिगको दोस्रो इनिड.को दोस्रो ओभरमा बलिड. गर्ने मौका पाएका नेपाली खेलाडी सन्दीपले पहिलो बलमा नै विकेट लिएर केक वाट्सनलाई मैदानबाट पेभिलियन फर्काउन सफल भए । उनले १० ओभरमा अर्को विकेट लिएर जेएन मोहम्मदलाई पनि पेभिलियन फर्काए ।
उनले दोस्रो ओभरका ६ बलमा जम्मा ३ रन लिने मौका दिए । छैठो ओभर पनि खेलेका सन्दीपले ६ वलमा जम्मा १ रन दिने अवसर दिए भने आठौं ओभरका ६ वलमा जम्मा ४ रन दिने अवसर दिए ।
नेपाली खेलाडी सन्दीप संलग्न रहेको सेन्ट किट्स एण्ड प्याटियोटले गुयना अमेजन वारियरलाई १४७ रनको लक्ष्य दिएको छ ।
क्यारेवियन प्रिमियर लिग अन्तरगत टस हारेर पहिले ब्याटिड. गर्न पुगेको सन्दीपको सेन्ट किट्स एण्ड प्याटियोटले निर्धारित २० ओभरको खेलमा ५ विकेट गुमाउदै १४६ रन बनाएको थियो ।
सेन्ट किट्सका लागि टीम कप्तान क्रिस गिलले सर्बाधिक रन बनाए । उनले ८६ रन बनाएका थिए । त्यस्तै टिमका लागि टीएलडब्ल्यू कूपर बीसीजे कटिड.ले समान १५ रन बनाए भने एपी डेभकिकले ९ रन,सीआर बोथवाले ५ रन तथा बीए किंग र इ लेविसले समान एक एक रन बनाए ।
बलिड. तर्फ गुयना अमेजनका केएमए पौलले दुई विके लिए भने सहिल तनवीर, सीजे ग्रिन र एमरान तहिरले समान १ एक विकेट लिए ।


















