काठमाडौं, १० भाद्र । एएफसी महिला च्याम्पियन्स लिग समूह चरणको आफ्नो पहिलो खेलमा नेपालको सशस्त्र प्रहरी बल क्लब पराजित हुन पुगेको छ।
उज्वेकिस्तानको कर्सी सहरमा भएको पहिलो खेलमा नेपालको एएफसी क्लब घरेलु क्लब नासाफसँग ३-० ले पराजित भएको छ ।
एपिएफ पहिलो हाफमा ३- ० ले पछि परेको थियो। खेल सुरु भएको १६ मिनेटभित्र नै नासाफले २-० अग्रता बनायो। खाबिबुल्लेहा चियो राखोनले खेलको १३ औं र १६ औं मिनेटमा गोल गरिन्।
लारिनाले हानेको लङ रेन्ज पावरफुल प्रहार क्रसबारमा लागेर फर्केको बललाई खाबिबुल्लेहा दियोराखोनले पहिलो गोल गरिन्। अनमार्क रहेकी खाबिबुल्लेहाले नै बक्स भित्रबाट दोस्रो गोल गरिन्।
नासाफको लागि माफतुना सोयिमोभाले ३३ औं मिनेटमा गोल गरिन्। पेनाल्टी बक्स बाहिरबाट उनले गरेको प्रहार गोलमा परिणत भयो।
पहिलो हाफ लिएको ३-० को अग्रतालाई जोगाउन नाफाज सफल रह्यो । लगातार दोस्रो संस्करणमा नाफाज एपिएफलाई हराउन सफल रह्यो ।
गत संस्करणमा पनि यी दुई टोलीबीच प्रतिस्पर्धा हुँदा नासाफले एपिएफलाई १-० ले हराएको थियो। समूह ‘बी’ मा एपिएफ सँगै नासाफ, सिओएएस र अल नासर छन् ।
आज भएको पहिलो खेलमा सिओएएसले अल नासरलाई २-० ले हरायो। एपिएफले बिहीवार सिओएएसको सामना गर्नेछ। समूहको विजेता अघिल्लो चरणमा पुग्नेछ।


















