Prakash Adhikari August 10, 2018

काठमाडौं, २५ साउन । साहित्यकार तथा रेडियोकर्मी दाहाल यज्ञनिधिको शुक्रबार निधन भएको छ।
शुक्रबार सुमेरु अस्पतालमा उपचारकै क्रममा उनको निधन हो ।

लामो समयदेखि मिर्गौला रोगबाट पीडित दाहाल बिहान घरमै लडेर बेहोस भएलगत्तै उनले नियमित उपचार गर्दै आएका बनस्थलीस्थित राष्ट्रिय मिर्गौला रोग उपचार केन्द्रमा लगिएको थियो। लामो समयसम्म डायलाइसिस गर्दै आएका दाहालको डायलाइसिसकै क्रममा स्वास्थ्यमा जटिलता थपिएपछि माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा लगिएको थियो ।

अन्नपूर्ण न्यूरो अस्पतालका डा वसन्त पन्तको निगरानीमा रहेका दाहालको टाउकोमा रगत जमेकाले अपरेसन गर्नु पर्ने अवस्था आएको थियो। तर अपरेसन गर्दा थप जटिलता हुनसक्ने उपचारमा संलग्न चिकित्सकहरूले बताएका थिए।

उनको अन्त्येष्टिका बारेमा निधो भइसकेको छैन् । नेपाल प्रज्ञाप्रतिष्ठानमा आफ्नो लास नराख्न भनेकाले उनको पार्थिव शरीर त्यहाँ नलैजाने तर साहित्यकारहरूसँगको सल्लाहबाट अन्त्येष्टिका बारेमा निर्णय लिइने बताएको छ ।

दाहालले २०४० को दशकदेखि लामो समय रेडियो नेपालमा ‘साहित्य संसार’ नामक चर्चित साहित्यिक कार्यक्रमका संचालन गरेका थिए। रेडियो नेपाल छाडेपछि एचबिसी, अन्नपूर्णलगायत एफएम रेडियोहरूमा पनि उनले साहित्यिक कार्यक्रम संचालन गर्दै आएका थिए। उनको जदौ थेगो रेडियो स्रोताहरुको मनमा गडिरहेको छ ।

Share Now

Leave a comment.