Prakash Adhikari August 10, 2018

 

टोकियो(जापान), २५ साउन । समृद्ध नेपाल निमार्णका लागि जापानको अनुभव लिने उद्देश्यले जापानवासी नेपालीहरुले शनिबार विभिन्न व्यवसायमा संलग्न विज्ञहरुसंग विषयगत छलफल गर्ने भएका छन् ।

टोकियोस्थित जाईका हलमा आयोजना हुने कार्यक्रममा जापानका विभिन्न विश्वविद्यालयमा अध्यापनरत नेपाली प्राध्यापक, विद्यार्थी सहित विषय विज्ञहरुले नेपालको समृद्धि र समग्र विकासका लागि अन्तर्राष्ट्रिय अनुभव र कार्यप्रणाली लगायतका विषयमा छलफल गर्नेछन् ।

जापानका लागि नेपाली राजदूत प्रतिभा राणाको मुख्य आथित्यमा एहिमे विश्वविद्यालयका प्राध्यापक डा नेत्रप्रकाश भण्डारी र सिटी नेट सचिवालयका निर्देशक केन्द्र हिराताले मुख्य रुपमा अन्तर्राष्ट्रिय अनुभव र कार्यप्रणालीका बारेमा जानकारी दिनुहुने छ ।

कार्यक्रममा गैरआवासीय नेपालीसंघ एनआरएनएका अध्यक्ष भवन भट्ट लगायतका विभिन्न क्षेत्रका विशिष्ठ व्यक्तित्वहरुको सहभागिता रहने बताइएको छ ।

नेपाल जापान डाईलग सिरिज नाम दिइएको कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जनाएको छ ।

Share Now

Leave a comment.