साताको पहिलो कारोबार दिन शेयर बजार ओरालोमा; धितोपत्र बजार परिसूचक ३१.१७ अङ्कले घटेर २७४९.८३ विन्दुमा
काठमाडौँ, १५ भदौः नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३१ दशमलव १७ अङ्कले घटेर दुई हजार ७४९ दशमलव ८३ को बिन्दुमा कायम भएको छ । आज ३२१ कम्पनीको एक करोड ४८ लाख पाँच हजार ५६९ कित्ता शेयर ९७ हजार १७४ पटक खरिद बिक्री हुँदा रू छ अर्ब छ करोड १८ लाख २२ हजार ३७९ बराबरको कारोबार भएको छ ।
आज सबै समूहको उपसूचक घटेको छ । ग्लोबल आइएमई समुन्नत योजना–२ को शेयर मूल्यमा आज नकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी उन्नती लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य छ दशमलव ७७ प्रतिशतले घटेको छ ।
—


















