Prakash Adhikari September 3, 2025

 

काठमाडौं, १८ भाद्र । भदौ २० देखि २८ गतेसम्म पोखरामा हुने वात्सल्य एभरेष्ट महिला भलिबल खेलमा सहभागी हुन विभिन्न टिममा आबद्ध विदेशी खेलाडीहरु काठमाडौं आइपुगेका छन् ।

यसै क्रममा थाइल्याण्डका अपिन्या प्रथबिम्सोङ (अपोजिट हिटर), कञ्चना सिसाइकाओ (आउटसाइड हिटर) र काठमाडौं स्पाइकर्समा आबद्ध बुल्गेरियाकी ओएच पोलिना नेइकोभा आज नेपाल आइपुगेकी छिन्।

कर्णाली यशभिस क्लबबाट एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करण खेल्नका लागि ग्रिसकी इभान्जेलिया चान्टाभा सोमवार नेपाल आइपुगेकी छिन्।

पोखरा निन्जाजबाट एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करण खेल्नका लागि रोमानियाकी एनामारिया बेरडिल्ला सोमवार नेपाल आइपुगेकी छिन्। पोखरा निन्जाजमा आबद्ध क्रोएसियाकी लिया बोबान आज नेपाल आइपुगेकी छिन्। २७ वर्षे मिडिल ब्लकर उनले क्रोएशियाको यू १९ र यू २० टोलीबाट खेलिसकेको बताइएको छ।

मधेश युनाइटेडबाट एभरेष्ट महिला भलिबल लिग (एनडब्लुभी) खेल्न नेदरल्याण्ड्सकी डानिक आडैमा, कर्स्टन वेर्सेल्स र रोमी भिनस्ट्रा आइतवार नेपाल आइपुगेका छन्।

टीम पोखरा निन्जाजः पोखरा निन्जाजले नेपाली राष्ट्रिय टिमकी खेलाडी प्रगति नाथलाइ मार्की प्लेयर को रुपमा अघि सारेको छ । टिममा पुनम चन्द, मिना सुनार, सुनिता खत्री, गरिमा बोहरा, अञ्जिला प्रधान, निशा महरा, भावना तामाङ, गिरिश्मा गुरुङ रहेका छन् ।

पोखराले विदेशी खेलाडीहरुमा अदिओला ओवोकोनिरान, लिया बोबन र अनामरिया बेर्दिलालाई भित्र्याएको छ ।गरी टिमको मुख्य प्रशिक्षकमा रुपेश विष्ट र प्रशिक्षकमा सन्तोष श्रेष्ठ रहेका छन् ।

पोखरा निन्जाजले एभरेष्ट महिला भलिबल लिग (इडब्लुभिएल)को दोस्रो संस्करणका लागि मोडल तथा अभिनेत्री सनिशा भट्टराईलाई ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ ।

टिम मधेश युनाइटेडः इन्फिनिटी ड्रिम्सको आयोजनामा हुने एभरेष्ट महिला भलिबलको दोस्रो संस्करणमा मधेश युनाइटेडको मार्की खेलाडी निरुता ठगुन्ना रहेकी छन भने अन्य खेलाडीहरुमा आरती सुबेदी, कोपिला राणा , सरस्वती कटेल , उषा बिस्ट, बबिता बोहोरा, बसन्ती साउद , स्नेहा ठगुन्ना रहेका छन । मधेश युनाइटेडको प्रशिक्षकमा कोपिला उप्रेती रहेकी धन भने ब्रान्ड एम्बेसडर नीति शाह रहेकी छन् । कधेशले विदेशी खेलाडीका रुपमा नेदरल्याण्ड्सकी रोमी भिनस्ट्रा लाई अनुबन्धन गरेको छ।

टिम काठमाडौं स्पाइकर्सः नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी स्पाइकर उषा भण्डारी मार्की प्लेअर रहेको काठमाडौं स्पाइकर्समा मनिषा चौधरी, यमुना रसाइँली, रिमा कुँवर, बाल्मिका आचार्य, कमला पुन, आशिका क्षेत्री, भुवनेश्वरी चन्द छन् । काठमाडौंले बुल्गेरियन सेटर नेकोभा निकोलाएभा, इटालियन खेलाडी ओउमायमा कोडिएलर काजकिस्तानकी अपोजिट हिटर अलेना कोलोतीजिनालाई टिममा भित्राएको छ।

टोलीको मुख्य प्रशिक्षका लोक बहादुर बुढा छन् ।काठमाडौं स्पाइकर्सले मुम्बई बस्दै आएकी नेपाली मोडल, अदिती बुढाथोकीलाई गुडविल एम्बासडर नियुक्त गरेको छ ।

 

टिम ललितपुर क्विन्सः एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) टोली ललितपुर क्विन्सको मार्की खेलाडी तथा कप्तान सलिना श्रेष्ठ रहेकी छिन्। ललितपुरले अक्सन बाट संगम महतो, लक्ष्मी चन्द, सुनिता राइ, सलिना बूढा मगर, निशा चौधरी, सृष्टि खड्गी र भावना डाँगीलाई खरिद गरेको थियो ।

ललितपुर क्विन्सले इडब्लुभीको दोस्रो संस्करणका लागि थाइल्याण्ड राष्ट्रिय महिला भलिबल टोलीकी आउटसाइड हिटर दारिन पिन्सुवान, वारन्या सिरिलाओङ र पट्राथिप सान्त्रकुनलाई अनुबन्ध गरिसकेको छ ।

यसपटक पनि घरेलु भलिबलमा सफल प्रशिक्षक मध्ये एक उत्सव खड्काको नेतृत्वमा कोर्टमा उत्रने ललितपुर क्विन्सले दक्षिण एसियाली खेलकुद –साग०को ३ वटा स्वर्ण पदक विजेता आयशा शाक्यलाई गुडविल एम्बेसडरमा निरन्तरता दिएको छ ।

टिम लुम्बिनी लाभाजः नेपाली राष्ट्रिय महिला भलिबल टोलीकी कप्तान अरुणा शाही मार्की खेलाडी रहेको लुम्बनी लाभाजले अक्सनबाट कामना विष्ट, अलिसा मानन्धर, शान्तिकला तामा, अनुसा चौधरी, रोमा महतो, जेनिसा विश्वकर्मा र रिकजना माझीलाई टिममा अनुबन्धन गरिसकेको छ ।लुम्बिनी लाभाजले ट्यालेन्ट हन्टबाट जानकी केसीलाई छनोट गरेको छ ।

मुख्य प्रशिक्षक भरत यादव रहेको लुम्बिनी लाभाजमा कप्तान अरुणा शाही छन् । विदेशी खेलाडीको रुपमा रसियन खेलाडी भेरोनिका जुवरेभलाई क्लबले लिएको छ । लुम्बिनी लाभाजले कलाकार आना शर्मालाई आफ्नो ब्रान्ड एम्बेसडर नियुक्त गरेको छ ।

कर्णाली यश्विसःकर्णाली यश्विसको मार्की खेलाडी नेपाली राष्ट्रिय महिला भलिबल टिमकी मुख्य मिडल ब्लकर सुमित्रा रेग्मी छिन् । कर्णालीले विदेशी खेलाडीका रूपमा ब्राजिलियन सेटर आना फ्लाभिया र आउटसाईड हिटर मायरा भिटोरियालाई अनुबन्धित गरेको छ ।

सायद ७ जना मानिसहरू, भलिबल खेलिरहेका मानिसहरू  र 'vatsalyo シV W TALSTE YALETEALL KArAAH KARNALI YASHVIS ARF ARFYOURF Υι REQOY? FOR SEASON ORSEASON-a a M66л あ紙 44 ポol 호 息 #AbaPaloMahilako #्यात्रा जीतको साहस कणलीको #Karnali Yashvis' भन्ने पाठ को फोटो हुनसक्छ

 

गत संस्करणमा टिमबाट मनिषा चौधरी,मीना सुनार,सृष्टि खड्गी, सीतासिंह ठकुरी,सुनिता राई, गरिमा बोहोरा,पशुपति बोहोरा र यमुना रसाइली खेलेका थिए ।

मुख्य प्रशिक्षकको जिम्मेवारीमा कुमार राई छन् भने ब्रान्ड एम्बासडरमा महानायक राजेश हमाल छन् ।कर्णाली यशविसले टिकटक फेसमा टिकटकर तथा मोडल पवित्रा शाँकी (मिस पवि)लाई अनुबन्ध गरेको छ ।

कर्णाली यश्विस एभरेष्ट महिला भलिबल लिगको डिफेन्डिङ च्याम्पियन हो । पहिलो संस्करणमा कर्णालीले ललितपुर क्विन्सलाई पराजित गर्दै उपाधि जितेको थियो ।

टिकटकमनोरञ्जन साझेदार

वाल्सल्य एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करणमा आयोजकहरुलो टिकटकलाई मनोरञ्जन साझेदारको रुपमा भित्र्उाएका छन् । दक्षिण एसियाका कन्टेन्ट अपरेसन लिड उमैस नविदले इडब्लुभिएलसँग सहकार्य गर्न पाउँदा टिकटक निकै उत्साहित रहेको बताएका छन् ।

उद्घाटनमा कर्णाली र पोखरा भिड्दै

सायद पाठ को फोटो हुनसक्छ

वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी) को दोस्रो संस्करणको उद्घाटन खेलमा साविक विजेता कर्णाली याश्विज र पोखरा निन्जाज खेल्ने भएका छन् ।

आयोजक इन्फनिटी ड्रिम्स प्रालिले मंगलबार सार्वजनिक गरेको खेल तालिका अनुसार भदौ २० गते शुक्रबार साविक विजेता कर्णालीले घरेलु टोली पोखरा निन्जाजसँग उद्घाटन खेल खेल्नेछ ।

पोखरा रंगशाला भित्र रहेको बहुउद्देशीय कभर्डहलमा हुने खेल दिउँसो २ बजे सुरु हुनेछ ।शुक्रबारै साविक उपविजेता ललितपुर क्विन्स र मधेश युनाइटेडबीच अपरान्ह ४ बजे दोस्रो खेल हनेछ ।

भदौ २० देखि २८ गतेसम्म सञ्चालन हुने एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करणमा ६ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन् ।

जहाँ साविक विजेता कर्णाली यशविससहित ललितपुर क्विन्स, काठमाडौं स्पाइकर्स, मधेश युनाइटेड, लुम्बिनी लाभाज र पोखरा निन्जाज गरी ६ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन् ।

दोस्रो संस्करणको लिगमा विश्वका विभिन्न देशबाट १८ विदेशी खेलाडी एभरेष्ट महिला भलिबल लिग खेल्ने पोखरा आएका छन् । यसपटक ब्राजिल, नरद्लयाण्ड्स, क्रोएसिया लगायत देशका खेलाडी समेत थपिएका छन् ।

६ टोलीबीच सिंगल राउण्ड रोविनका आधारमा लिग चरणमा कूल १५ खेल हुनेछ । जहाँ हरेक टोलीले एक आपसमा खेल्नेछन् । लिग चरणको खेलपछि धेरै अंक जोड्ने दुई टोली फाइनल प्रवेश गर्नेछ ।

लिग चरणका खेलहरु भदौ २६ गते सकिनेछ र फाइनल खेल भदौ २८ गते हुनेछ ।

गत वर्ष काठमाडौंमा भएको पहिलो संस्करणमा कर्णाली यशविसले फाइनलमा ललितपुर क्विन्सलाई पराजित गर्दै उपाधि जितेको थियो ।

 

Share Now