Prakash Adhikari September 5, 2025

वीरगञ्ज (पर्सा), २० भाद्र । नेपालको अग्रणी स्वदेशी लक्जरी आतिथ्य ब्रान्ड सोल्टी होटल्स एण्ड रिसोर्ट्सले आफ्नो समकालीन “वेस्टइण्ड” ब्राण्ड अन्तर्गत नेपालको मधेश प्रदेशमा सोल्टी वेस्टइण्ड रिसोर्ट्स वीरगञ्ज ब्राण्डमा नयाँ होटल व्यावस्थापन तथा सञ्चालन गर्दै प्रमुख औद्मोगिक तथा व्यावसायिक शहर वीरगञ्जमा आफ्नो उपस्थिति विस्तार गर्ने भएको छ ।

सोल्टीबाट व्यावस्थापन गरिने नयाँ होटेल सोल्टी वेस्टइण्ड रिसोर्ट वीरगञ्ज हिमाल वाटर पार्क एण्ड भिलेज होटल लिमिटेडको स्वामित्वमा रहेको छ जसलाई सोल्टी होटल्स एण्ड रिसोर्ट्सको सुप्रसिद्ध ब्राण्ड सोल्टी वेस्टइण्ड रिसोर्ट्स, वीरगञ्जको नामबाट सञ्चालन गरिने भएको छ ।

हिमाल वाटर पार्क एण्ड भिलेज होटल लिमिटेडको स्वामित्वमा रहेको यो होटल वीरगञ्ज महानगरपालिका वडा नं. १४, गण्डक बाहुअरी बिरगञ्जमा अवस्थित रहेको छ, जुन नेपालकै प्रमुख औद्योगिक तथा व्यावसायिक केन्द्र मध्येको एउटा प्रमुख शहर हो । नेपालको प्रमुख आर्थिक मेरुदण्ड मानिने राष्ट्रिय राजमार्ग सँगै जोडिएको र वीरगञ्ज अन्तर्राष्ट्रिय सीमा नाकाको परिधि क्षेत्रसम्म सजिलै पुग्न सकिने जस्ता रणनीतिक अवस्थाले गर्दा यो भौगोलिक क्षेत्र स्वदेशी तथा विदेशी दुवै प्रकारका पर्यटक, व्यावसायिक पाहुना तथा बिदा मनाउन आउने अतिथि यात्रुहरूको आकर्षक गन्तव्यको रुपमा रहेको छ ।

सोल्टी वेस्टेण्ड रिसोर्ट्सरिसोर्ट्स ्वीरगञ्ज मंसिर–पुस (डिसेम्बर २०२५) २०८२ देखि व्यावस्थापन तथा सञ्चालनमा आउने तयारीमा रहेको छ । सोल्टी वेस्टण्ड रिसोर्ट बिरगञ्जले शहरको पर्यटकीय तथा कर्पोरेट पाहुनाहरुमा आधुनिक आतिथ्यता सेवामा नयाँ आयाम प्रस्तुत गर्ने अपेक्षा गरिएको छ । हिमाल वाटर पार्क एण्ड भिलेज होटल लिमिटेडको यस होटेलमा अतिथि पाहुना कोठाहरूको आधुनिक शैली र आधुनिकतम पर्यटकीय सुविधाहरुको उत्कृष्ट संयोजनलाई ध्यानमा राख्दै आधुनिक तथा उत्तम सन्तुलित ढंगले डिजाइन गरिएका छन् । अतिथि पाहुनाहरूले होटेलमा विश्राम गर्दा विभिन्न स्वादका परिकार व्यन्जनहरु र सेवा अनुभवले भरिपूर्ण सेवा उपभोग गर्न सक्नेछन्, जसमा विभिन्न स्वाद र प्राथमिकतालाई ध्यानमा राखी तयार पारिएका भोजन तथा व्यन्जनका परिकारहरू उपलब्ध हुनेछन् । होटेलमा सुविधा सम्पन्न क्यासिनो भवन सहितको सुविधा उपलब्ध रहेको छ । साथै, होटलभित्र आधुनिक बार तथा विकल्पहरू सहितको बहुआयामिक भोजन तथा व्यन्जनको विविध स्वादका परिकारहरुले पाहुनाहरूलाई आकर्षित गर्नेछ ।

होटेलमा व्यवसायिक कार्यक्रमहरू तथा सभा समारोहहरूका लागि पर्याप्त क्षमता भएको सभाहल सहित व्यवसायिक बैठक, प्रीतिभोज तथा सामाजिक कार्यक्रमहरू आयोजना गर्नका लागि बैठक कक्षहरू उपलब्ध रहनेछन् । स्वस्थ्य र आनन्ददायी विश्राम खोज्ने पर्यटकहरूका लागि होटलमा स्वीमिङ पूल, पूर्ण रूपमा सुसज्जित हेल्थ क्लब र शान्त स्पा रहेने छन् । थप सुविधा स्वरूप पर्याप्त पार्किङ व्यवस्था पनि उपलब्धहुनेछ । पारिवारिक छुट्टी मनाउन, रोमान्चकारी समय बिताउनका लागि, व्यवसायिक यात्राका लागि दीर्घकालीन बसाइँ होस् अथवा अल्पकालिन बसाइँ, सोल्टी वेस्टेण्ड रिसोटसर्् बिरगञ्ज सबै उमेर र समूहका पर्यटक पाहुनाहरूको आवश्यकतालाई सम्बोधन गर्ने सक्षम शैलीयुक्त र समावेशी गन्तव्यस्थलको रूपमा विकास गरिएको छ ।

होटेलको व्यवस्थापन सम्बन्धी सम्झौतामा सोल्टी होटेल्स एण्ड रिसोर्टसको तर्फबाट सोल्टी होटल लिमिटेडका उपाध्यक्ष, सुदर्शन चापागाईं र हिमाल वाटर पार्क एण्ड भिलेज होटल लिमिटेडका अध्यक्ष सुनिलकुमार खेतान बीच औपचारिक रूपमा हस्ताक्षर गरिएको छ । यो सहकार्य मार्फत सोल्टी होटेल्स् एण्ड रिसोर्टस्ले आफ्नो सेवा सञ्जाललाई अझ विस्तार गर्दै आतिथ्य क्षेत्रमा उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धतालाई थप शसक्त बनाएको छ । यस सहकार्यले सोल्टी होटल्स एण्ड रिसोर्ट्सको पोर्टफोलियो विस्तार गर्ने प्रतिबद्धतालाई थप सुदृढ बनाएको छ, साथै सोल्टीको उत्कृष्ट सेवा र अविस्मरणीय पाहुना सत्कारको अनुभव उपलब्ध गराउने परम्परालाई निरन्तरता दिएको छ ।

सोल्टी होटेल्स एण्ड रिसोर्टको तर्फबाट सुदर्शन चापागाईंले, “यो साझेदारीले सोल्टी होटेल्स् एण्ड रिसोर्ट्सको प्रमुख औद्मोगिक तथा व्यावसायिक शहरमा आतिथ्य सेवाप्रवाह गर्ने विश्वासका साथ आफुनो प्रतिष्ठालाई नेपालका पर्यटकीय तथा व्यासायिक केन्द्रबिन्दुमा रहेका शहरहरूमा उत्कृष्ट पर्यटकीय तथा आतिथ्य सेवा स्थापित गर्ने हाम्रो दीर्घकालीन लक्ष्यको स्पष्ट प्रतिबिम्ब रहेको” बताउनुभयो । साथै, चापागाईंले “सोल्टी वेस्टेण्ड रिसोटर्स् ब्राण्डको वीरगञ्जमा प्रवेशले समकालीन आतिथ्य सत्कार, आत्मीय सेवा तथा स्थानीय सांस्कृतिक अनुभवको संयोजन मार्फत सोल्टी ब्राण्डको विशिष्टता र गुणस्तरका पहिचायक चिनारीहरूलाई जीवन्त बनाउदै व्यावसायीक, बिदामनाउन आउने तथा आधुनिक घुमन्थते यात्रीहरुलाई उत्कृष्ट सेवा प्रवाह गर्ने” समेत उल्लेख गर्नुभयो ।

यो नयाँ विस्तारसँगै, सोल्टी होटल्स एण्ड रिर्सोट्सले मधेश प्रदेशमा आफ्नो उपस्थिति थप सुदृढ बनाउँदै, बढ्दो प्रतिस्पर्धात्मक बजारमा अतिथि तथा पर्यटक यात्रुहरूका लागि यो होटेल एक विशिष्ट रोजाईमा पर्ने विश्वास लिईएको छ ।

Share Now