Prakash Adhikari September 7, 2025
काठमाडौँ, २२ भदौः  भदौको चौथो साताको पहिलो दिन पनि नेपालको शेयर बजारले उकालो गति लिएन । आज धितोपत्र बजार परिसूचक ११.५२ अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जले सार्वजनिक गरेको विवरण अनुसार आजको कारोबारमा धितोपत्र बजार परिसूचक शून्य दशमलव ४२ प्रतिशतले घटेर २७०८.२५ विन्दुमा कायम भएको हो ।
आज विभिन्न ३ सय ३४ कम्पनीका एक करोड ११ लाख २४ हजार ८ सय ४५ कित्ता शेयर ५८ हजार ८७ पटक रु चार अर्ब ४० करोड २७ लाख ६७ हजार २७१ दशमलव ७२ मा कारोबार भएको छ । आज १ सय ७३ वटा कम्पनीको शेयर मूल्य घट्दा ७९ वटाको बढेको छ ।
आज हिम स्टार ऊर्जा कम्पनी लिमिटेडको शेयर् मूल्य ९.९७ प्रतिशत, एनआइबिएल समृद्धि फण्ड–२ को ५.८३ प्रतिशत, युनिभर्सल पावर कम्पनीको५.१२ प्रतिशतले बढेको छ । आज बढेको शेयरम मेगा म्युचुअल फण्ड, एनआईबील ग्रोथ फण्ड, युनियन हाइड्रोपावर लिमिटेड, एनबीएल डिबेञ्चर ८६, एनएमबी हाइब्रिड फण्ड २ रहेका छन् ।
आइतबार पञ्चकन्या माइ हाइड्रोपावर लिमिटेडको शेयर मूल्य ४.६२ प्रतिशत, विकास हाइड्रोपावर कम्पनी लिमिटेडको ३.९२ प्रतिशतले ओरालो लागेको छ । अघिल्लो कारोबार दिनको मूल्यको तुलनामा आज उच्च मूल्य घट्ेका अन्य कम्पनीहरुमा आईसीएफसी डिबेञ्चर ८३, सानिमा बैंक डिबेञ्चर८९, ओरियन्टल होटल,माथिल्लो मैलुड.खोला जलविद्युत, सयपत्री हाइड्रो, नारायणी बिकास बैंक, माईखोला हाइड्रो पावर र एनआईबीएल स्टेबल फण्ड रहेका छन् ।
यस दिन उच्च कारोबार हुने कम्पनीहरुमा युनिभर्सल पावर कम्पनी लिमिटेड,हिमालयन रिइन्स्योरेन्स, एनआरएन, लक्ष्मी सनराईज बैंक लिमिटेड, राँधी जलविद्युत कम्पनी र बुटवल पावर कम्पनी रहेका छन् ।
Share Now