काठमाडौं, २६ भाद्र । राष्ट्रपति भवन जलेसंगै भाद्र २४ गतेदेखि सैनिक सुरक्षामा अज्ञात स्थानमा बेखबर रहनुभएका राष्ट्रपति पौडेले पहिलो पटक संक्षिप्त सन्देश नेपाली जनतासामु ल्याउनु भएको छ ।
उहाँले भन्नुभएको छ, “देशको विषम परिस्थितिमा संवैधानिक दायरामा रहेर कसरी निकास दिन सकिन्छ र मुलुकमा लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी कायम गर्न सकिन्छ भनेर म विचार विमर्श एवं हर प्रयास गर्दैछु।”
उहाँले भन्नुभएको छ, “आन्दोलनकारी नागरिकहरुको माग सम्बोधन गर्न छिटो भन्दा छिटो समस्याको निदानको खोजी भइरहेको कुरामा विश्वस्त हुन र संयमतापूर्वक मुलुकमा शान्ति सुव्यवस्था कायम गर्ने काममा सहयोग गर्न सबै पक्षलाई अपिल गर्दछु ।”
आदरणीय नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु,
देशको अहिलेको बिषम परिस्तिथिमा मुलुकलाई संबैधानिक दायरामा रहेर कसरी निकास दिन सकिन्छ र मुलुकमा लोकतन्त्रको संरक्षण तथा शान्ति सुव्यवस्था कसरी कायम गर्न सकिन्छ भनेर म विचार विमर्श एवं हर प्रयास गर्दैछु। आन्दोलनकारी नागरिकहरुको माग सम्बोधन गर्न छिटो भन्दा छिटो समस्याको निदानको खोजी भइरहेको कुरामा विश्वस्त हुन र संयमतापूर्वक मुलुकमा शान्ति सुव्यवस्था कायम गर्ने काममा सहयोग गर्न सबै पक्षलाई अपिल गर्दछु ।
२०८२।०५।२६
रामचन्द्र पौडेल


















