Prakash Adhikari September 14, 2025

काठमाडौं, २९ भदौ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आज बहाली गर्दै हुनुहुन्छ। आज बिहान ११ बजेको समयमा उहाँले सिंहदरबार पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ।

शुक्रबार राति राष्ट्रपति रामचन्द्र पौडेलले विशेष अधिकारको उपयोग गरेर प्रतिनिधिसभाको सदस्य नरहनुभएकी पूर्वप्रधानन्यायाधीश कार्कीलाई जेनजी आन्दोलनकारीको माग अनुसार प्रधानमन्त्री नियुक्त गर्नुभएको थियो ।

त्यसै दिन शपथ लिनुभएकी प्रधानमन्त्री कार्कीले राष्ट्रपति पौडेलकै सामुन्ने एकल निर्णय गरेर प्रतिनिधिसभा विघटनको सिफारीस गर्नुभएको थियो ।

राष्ट्रपति पौडेलले प्रधानमन्त्रीको सिफारिस अनुसार तत्कालै प्रतिनिधि सभा विघटन गर्नुभएको थियो ।

हिजो शनिवार बिदा परेकोले उहाँको पदबहाली नै हुन पाएको थिएन । आज पदबहाली ग्रहण गरेर प्रधानमन्त्री कार्कीले सानो आकारको मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गर्नुभएको उहाँ निकट सूत्रहरुले बताएका छन् ।

उहाँले मन्त्री नियुक्तिका लागि छलफल गरिरहनुभएको बताइन्छ । आजै मन्त्रीको नामावली टुंगो लगाउने र नियुक्ति गर्ने तयारी छ ।

Share Now