Prakash Adhikari August 14, 2018

काठमाडौं,२९ साउन । अमेरिकी डलरको भाउ एकै दिन १ रुपैयाँ ७७ पैसाले बढेर मंगलबारको लागि प्रति डलर ११२ रुपैया २० पैसा पुगेको छ ।

सोमबार अमेरिकी डलरको भाउ प्रति डलर ११० रुपैयाँ ४३ पैसा थियो। मंगलबारका लागि नेपाल राष्ट्र बैंकले एक डलरको भाउ ११२ रुपैयाँ २० पैसा तोकेको छ।

डलरको मूल्य वढ्दा आम्दानी हुँदा नेपाली रुपैयामा फाइदा हुन्छ भने डलर खर्च गर्नुपर्ने क्षेत्रमा भने बढी नेपाली रुपैया खर्च हुँदा नोक्सान पर्दछ । वस्तु तथा सेवा निर्यात गर्ने व्यक्ति र कम्पनीलाई डलरको भाऊ बढ्दा फाइदा छ । डलरमा आय आर्जन गर्नेहरुको पनि नेपाली रुपैयामा आय बढ्न जान्छ तर डलर भुक्तानी गर्नुपर्ने अवस्थामा नेपाली रुपैया कमाउनेहरु मर्कामा पर्दछन् ।

नेपालको अर्थतन्त्र आयातमुखी भएकोले डलर बढ्दा आयातित सामानको भाऊ बढ्न गई नेपालीलाई महंगी उपहार हुने र वैदेशिक ऋणको साँबा व्याज तिर्दा देशको आर्थिक अवस्था झन कमजोर बन्ने अवस्था रहन्छ । यस बाहेका विदेशी कलेजमा पढ्न जाने, औषधि उपचार, पर्यटक भएर विदेश भ्रमण जानेहरुलाई पनि डलर वृद्धिले समस्या पार्छ।

विदेशबाट डलर भित्र्याउने परिवारका लागि भने यसले खुसी नै ल्याउने छ ।

Share Now

Leave a comment.