काठमाडौं, ३ असोज । नेपाल र वेस्ट इन्डिजबीचको युनिटी कप टी–२०आई सिरिजमा खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ।
नेपाल क्रिकेट संघ (क्यान)ले बिहीबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टोलीको बिदाइ गरेको हो। प्रतियोगिता सेप्टेम्बर २७ देखि ३० सम्म संयुक्त अरब इमिरेट्स (युएई)मा हुनेछ।
सिरिजको पहिलो खेल २७ सेप्टेम्बरमा हुनेछ। दोस्रो खेल २९ र तेस्रो खेल ३० सेप्टेम्बरमा हुनेछ। सिरिजका लागि दुवै टोलीको घोषणा भइसकेको छ।
युएईले भिसा नदिएपछि अन्योल
संयुक्त अरब इमिरेट्स (युएई)ले युनिटी कप टी–२० आई सिरिज खेल्न जाने नेपाली क्रिकेट टोलीलाई भिसा दिन अस्वीकार गरेको छ।
ओमानमा हुने टी–२० विश्वकप छनोटको तयारीका लागि नेपाल वेस्ट इन्डिजसँग युनिटी कप सिरिज खेल्न युएई जाने तयारीमा थियो।
टोलीलाई नेपाल क्रिकेट संघ ९क्यान०ले बिहीबार नै बिदाइ गरेको थियो। टोली शुक्रबार नै त्यसतर्फ जाने तयारीमा थियो। तर, भिसाको कारण यात्रा अन्योलमा परेको छ ।
क्यान प्रवक्ता छुम्बी लामाका अनुसार अहिले सबै नेपालीलाई भिसा दिन रोकेको छ। क्यानले पनि अनलाइनमार्फत आबेदन थिएका थियौं। पहिला आजको भोलि नै भिसा पाइन्थ्यो। तर, अहिलेको विषम परिस्थितिका कारण भिसा पाउन सकिएन ।
नेपालले शारजाह क्रिकेट स्टेडियममा सेप्टेम्बर २७ देखि ३० सम्म तीन खेलको सिरिज खेल्ने तय छ। तर, युएईले भिसा दिन अस्वीकार गरेपछि सिरिज अन्योलमा परेको छ।
यद्यपि, क्यानले युएईको सरकार, त्यहाँको क्रिकेट बोर्ड र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् ९आइसीसी०सँग समन्वय भइरहेको लामाले बताए। ‘अहिलेसम्म भिसा आएको छैन। भिसा आउनेबित्तिकै क्रिकेट टोली युएई उड्नेछ,’ उनले भने।


















