Prakash Adhikari September 20, 2025

 

काठमाडौं, ४ असोज । आइसीसी महिला टी २० विश्वकप ग्लोबल छनोटको तयारीका लागि नेपाल महिला राष्ट्रिय क्रिकेट टोली मलेसिया जाने भएको छ।

नेपाल क्रिकेट संघ (क्यान)का अनुसार टोलीले अक्टोबर २ देखि ८ सम्म मलेसिया महिला राष्ट्रिय टोलीसँग पाँच वटा टी–२० आई सिरिज पनि खेल्ने तय भएको छ।

नेपाली टोलीकी कप्तान इन्दु बर्मासहित रुबिना क्षेत्री, पूजा महतो, राजमती ऐरी, सम्झना खड्का, रिया शर्मा, सोमु बिष्ट, रचना चौधरी, कविता जोशी, यशोदा बिस्ट, रुबी पोद्दार, सावित्री धामी, कविता कुँवर र सीता रानामगर छन्।

Share Now