Prakash Adhikari August 14, 2018

सिड्नी(अष्ट्रेलिया), २९ साउन । एनआरएन वुमन फोरम नारी निकुञ्ज न्यूसाउथवेल्सको आयोजनामा तिज कार्यक्रम शनिबार भव्यरुपमा सम्पन्न भएको छ ।

गायिका माण्डवी त्रिपाठीका साथमा उनका हिट गीतको तालमा नाच्दै सिड्नी निवासी नेपाली महिलाहरुले तिजको रमाइलो गरे । साँझ ६ बजेदेखि राति करिब ११ बजेसम्म नेपाली महिलाले तीजका विभिन्न भाकामा गीत धन्काए ।

कार्यक्रममा बर्षभरी नारी निकुन्जले गरेका गतिविधि समेटिएको भिडियो रिपोर्ट प्रस्तुत गरिएको थियो ।


नारी निकुञ्ज न्यूसाउथ वेल्सकी संयोजक सन्ध्या शाहको स्वागतबाट सुरु भएको कार्यक्रममा नारी निकुन्ज अष्ट्रेलियाकी संयोजक प्रतिज्ञा अधिकारीले परोपकारी कार्यक्रममा सहभागी सबैलाई सस्थाको तर्फबाट धन्यबाद दिनुभएको थियो ।

नारी निकुन्ज अष्ट्रेलियाकी सचिब मोनी लिम्बूद्धारा सञ्चालित कार्यक्रममा संस्थाको तर्फबाट राधिका बानियाँ, सपना अधिकारी, इन्दिरा रोक्का, पवित्रा न्यौपाने, सृष्टि देवकोटा, पेमा शेर्पाले आफ्ना प्रस्तुति पस्केका थिए ।

कायर्यक्रमलाई अझ मनोरञ्जनात्मक बनाउन फेशन सोको कार्यक्रम पनि राखिएको थियो जसमा १४ जना मोडलहरु सहभागी थिए ।

औपचारिक कार्यक्रममा एनआरएनका आईसीसी सदस्यहरु जानकी पौडेल, उषाकिरण बरिया, एनआरएनका उपाध्यक्ष नन्द गुरुंग, सचिव देव गुरुङ, नारी निकुञ्जकी संस्थापक उपाध्यक्ष अञ्जना पन्त ओली, नारी निकुञ्जकी पूर्वसंयोजक सिर्जना संग्रौला सुमित्रा विष्ट, सल्लाहकार मीना शर्मा लगायतको उपस्थिति रहेको थियो ।

तीज कार्यक्रमबाट संकलित रकमलाई नारी निकुञ्जले संस्थाका कार्यक्रम र नेपालका परोपकारी कार्यमा खर्च गर्ने गरेको छ ।

Share Now

Leave a comment.