Prakash Adhikari September 22, 2025

ह्यारी फार्ले र जेसिका रन्सले

लण्डन(संयुक्त अधिराज्य), ६ असोज । संयुक्त अधिराज्य बेलायत(यूके)का प्रधानमन्त्री सर किअर स्टार्मरले यूकेद्वारा प्यालेस्टाइनलाई राज्यको मान्यता दिएको घोषणा गर्नुभएको छ। यसलाई सरकारको नीतिमा आएको महत्त्वपूर्ण परिवर्तनका रूपमा हेरिएको छ।

सामाजिक सञ्जाल एक्समा पोस्ट गरिएको एउटा भिडिओ वक्तव्यमा उहाँले भन्नुभएको छ, “मध्यपूर्वको बढ्दो भयावह अवस्थामा हामी शान्ति र दुई(राज्य समाधानको सम्भावनालाई जीवित राख्न काम गरिरहेका छौँ।”

अस्ट्रेलिया, क्यानडा र पोर्चुगलले पनि प्यालेस्टाइनलाई राज्यका रूपमा औपचारिक मान्यता दिइएको घोषणा गरेका छन्, फ्रान्सले पनि त्यसो गर्ने ठानिएको छ।

इजराली सरकार, गाजामा बन्धक बनाइएका मानिसका परिवार र केही कन्जर्भेटिभहरूले उक्त निर्णयको कडा आलोचना गरेका छन्। यसबारे टिप्पणी गर्दै आइतवार इजरायली प्रधानमन्त्री बेन्जमिन नेतन्याहूले प्यालेस्टिनी राज्य नबन्ने बताउनुभएको थियो।

इजरायली प्रधानमन्त्री बेन्जमिन नेतान्याहुले यसअघि यस्तो कदमले आतङ्कवादलाई पुरस्कृत गर्नेब ताउनुभएको थियो ।

इजरायली र अमेरिकी सरकार दुवैले त्यस्तो मान्यता हमासका निम्ति कूटनीतिक उपहार हुने बताएका छन्। सन् २०२३ को अक्टोबर ७ मा दक्षिणी इजरेललमा हमासले गरेको आक्रमणमा बाह्र सय जना मारिनुका साथै २ सय ५१ जना बन्धक बनाइएका थिए।

तर स्टार्मरले उक्त निर्णय ‘हमासका निम्ति पुरस्कार नभएको’मा जोड दिँदै त्यसको अर्थ हमासको ‘कुनै भविष्य नहुने, सरकार र सुरक्षामा कुनै भूमिका नहुने’ भएको बताउनुभएको छ।

“दुई-राज्य समाधानका निम्ति हाम्रो आह्वान हमासको यहुदीप्रतिको उसको दृष्टिकोणको बिल्कुल विपरीत छ”, उहाँले भन्नुभयो।

उक्त कदमलाई ‘प्यालेस्टिनी र इजरायली जनताको भविष्य उत्तम हुन सक्नेतर्फको सङ्कल्प’ भन्दै उहाँले अगाडि (गाजाको) भोकमरी र बर्बादी पूर्ण असह्य भएको’ र ‘मृत्यु र ध्वंशले सबैलाई तर्साएको’ बताउनुभयो।

प्यालेस्टिनी निकायका प्रमुख महमुद अब्बासले उक्त निर्णयको स्वागत गर्नुभएको छ। उहाँले उक्त निर्णयले ‘प्यालेस्टिनी राज्यलाई सुरक्षा, शान्ति र राम्रो छिमेकी सम्बन्धका साथ इजरेल सँगसँगै चल्न बाटो खोल्ने’ बताउनुभएको छ ।

दुई-राज्य समाधानले वेस्ट ब्याङ्क र गाजा स्ट्रीपमा प्यालेस्टाइन राज्यको निर्माणलाई जनाउँछ जसको राजधानी पूर्वी जेरुसेलम हो र यो लगभग सन् १९६७ को अरब(इजरायली युद्ध पहिलेको स्थिति अनुरूपको हो।

इजरायलले हाल वेस्ट ब्याङ्क र गाजा दुवैमा कब्जा गरेको छ जसको अर्थ प्यालेस्टाइन अथरिटी आफ्नो भूमि वा जनताको पूर्ण नियन्त्रणमा छैन।

प्यालेस्टाइनलाई हाल संयुक्त राष्ट्रसङ्घका १ सय ९३ सदस्य राष्ट्रमध्ये करिब ७५ प्रतिशतले मान्यता दिएका छन् तर यसको सीमामा, पुँजीमा र सेनामा कुनै अन्तर्राष्ट्रिय सहमति भएको छैन। त्यसैले यो मान्यता धेरै हदसम्म प्रतीकात्मक हो।

इजरायली सेनाले सन् २०२३ को अक्टोबर ७ तारिखमा दक्षिणी इजरायलमा हमासको नेतृत्वमा भएको आक्रमणको जवाफमा गाजामा हमला थालेको थियो। हमासको आक्रमणमा लगभग १ हजार २ सय मानिसहरू मारिए र २ सय ५१ जनालाई बन्धक बनाइएको थियो।

हमासको स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा इजरेली आक्रमणमा परी कम्तीमा ६४ हजार ९ सय ६४ जनाको मृत्यु भइसकेको छ।

Share Now