Prakash Adhikari September 25, 2025

काठमाडौं, ९ असोज । राजनीतिक संक्रमणको बेला राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको साखः बिग्रन नदिन निगमभित्र जेन जी समूह संगठित रुपमा आगाडि आएको छ ।

निगम र राष्ट्रहितमा समर्पित कर्मचारीहरुको यही असोज ३ गते बसेको एक भेलाले दीपकजंग ठाकुरको संयोजकत्वमा १९सदस्यीय जेन जी समूह गठन गरेको छ ।

समूहको सहसंयोजकमा अरविन्द यादव रहनुभएको छ भने प्रवीण लामिछाने वरिष्ठ सदस्य र मनिषा अधिकारी सदस्य सचिव रहनुभएको छ ।

नेवानी जेनजी समूहले निगमको आन्तरिक र बाहय क्षेत्रका उडानहरु नियमित गर्ने, निगमका अन्तराष्ट्रिय गन्तव्यहरु थप्दै लैजाने र निगमलाई यस क्षेत्रकी प्रतिष्ठित उड्डयन संस्थाको रुपमा विकसित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

यस समूहलाई सहयोग तथा मार्गदर्शन गर्न निगमका बरिष्ठ पदाधिकारीहरु सम्मिलित ३१ सदस्यीय सल्लाहकार समूह पनि गठन गरिएको छ ।

नवगठित जेन जी समूहले भनेको छ, “हामी नेवानी जेनजी समूह निगमको ग्राउण्ड ह्याण्डलिड. खोस्ने हवाई माफियाको चलखेल रोक्न अग्रसर छौं।निगमले चीनको गोञ्झाओ,कोरियाको सिउल र अष्ट्रेलियाको सिड्नीमा नियमित उडानको तयारीलाई अधि बढाइरहेके विषयलाई विषयान्तर गरी षड्यन्त्रमूलक ढंगले निगमको छविलाई धुमिल बनाउन जेन जीको नाममा नक्कली र छद्मभेषी व्यक्तिको गलत क्रियाकलाप बढेकोले हामी स्वस्फूर्त रुपमा जेन जी अभियानलाई साथ दिन अघि बढेको कुरा समस्तमा जानकारी गराउँदछौ।”

 

Share Now