काठमाडौं, १५ असोज । नेपाली क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ (क्यान)को कार्वाहीमा परेको जानकारी सचिव पारस खड्काले दिएका छन् ।
वेस्ट इन्डिजविरुद्धको पहिलो खेलमा खेल्न अस्वीकार गरेकाले उनलाई बाँकी दुई खेल खेल्न नपाउने गरी कार्वाही गरिएको थियो ।
सचिव खड्काले बुधबार साँझ एक विज्ञप्ति जारी गरेर सन्दीपलाई निलम्बन गरिएको जानकारी दिएका हुन् ।
टिम व्यवस्थापनको सिफारिसका आधारमा बाँकी खेल तथा सम्पूर्ण सिरिजका लागि सन्दीपलाई निलम्बन गरिएको उनको दावी छ । ।
सेप्टेम्बर २७ मा पहिलो खेल शुरू हुनुभन्दा करिब ४५ मिनेट अघि सन्दीपले आँफै नखेल्ने निर्णय गरेको र उनको उक्त निर्णयले टीम म्यानेजमेन्ट, खेलाडी एवं समग्र नेपाली क्रिकेटमै गम्भिर असर पर्न गएको विज्ञप्तिमा उल्लेख छ ।
अब अक्टोबर ८ देखि १७ सम्म ओमानमा हुने टी २० विश्वकप छनोटका लागि भने उनी टोलीमा समावेश हुने सचिव खड्काले विज्ञप्तिमा उल्लेख गरेका छन् । नेपाली टोली ओमान गइसकेको छ।


















