Prakash Adhikari October 4, 2025

 

काठमाडौं, १८ असोज । मुग्लिन–नागढुंगा सडकखण्ड अन्तर्गत धादिङको जवाङ खोलामा पहिरो खसेर बाटो अवरुद्ध भएको छ ।

आज बिहान खसेको पहिरोको कारण बाटो दुईतर्फी नै अवरुद्ध भएको प्रहरी कार्यालय धादिङले जनाएको छ ।

पानी परिरहेको र ढुङ्गा–माटो झर्ने क्रम जारी रहेकाले पहिरो पन्छाउन समस्या भएको बताइएको छ । बाटो दुईतर्फी अवरुद्ध हुँदा यात्रुहरू अलपत्र परेको छ ।

वैकल्पिक मार्गको प्रयोग गरेर यात्रा गर्न र अत्यावश्यक नभई यात्रामा ननिस्कन प्रहरीले आग्रह गरेको छ ।

यता मुग्लिन(नारायणगढ सडक खण्डमा पहिरो जाँदा सडक एकतर्फी संचालनमा रहेको छ।

तुईन खोला पुल नजिकै पहिरो जाँदा सवारी आवागमन एकतर्फी भएको सडक डिभिजन भरतपुरले जानकारी दिएको छ ।

 

Share Now