क्वालालम्पुर(मलेशिया) १८ असोजः मलेशिया भ्रमणमा रहेको नेपाली महिला राष्ट्रिय क्रिकेट टिम आज आयोजक राष्ट्र मलेशियासंग दोस्रो अन्तरराष्ट्रिय ट्वान्टी-२० खेलमा भिड्दै छ ।
मलेसियाको बायुमास ओभलमा भएको टस जितेर नेपालले फिल्डिड. रोजेको छ ।
अहिले खेल १० औं ओभरको अन्त्यमा पुगेको छ । नेपालले ४४ रन दिएर २ विकेट झारेको छ ।
श्रृखला अन्तरगत गत १६ असोजमा भएको अन्तरराष्ट्रिय महिला ट्वान्टी-२० शृङ्खलाको पहिलो खेलमा मलेसियासँग तीन रनले पराजित भएको छ ।
मलेसियाको बायुमास ओभलमा सम्पन्न खेलमा १०५ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा पाँच विकेट गुमाउँदै १०१ रन मात्रै बनाएको थियो । नेपालका लागि पूजा महतोले २९ बलमा सर्वाधिक ३० रन बनाइन भने सम्झना खड्काले १६ बलमा १८ रन र कविता जोशीले १३ रन बनाएकी थिइन ।
नेपाललाई रोक्न मलेसियाका लागि नुर डानियाले सर्वाधिक तीन विकेट लिएकी थिइन।
त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाउँदै १०४ रन बनाएको थियो । उसका लागि कप्तान विनिफ्रेड डुरैसिङ्गमले सर्वाधिक २७ रन बनाइन भने ओपनर ऐना हमिजा हसिमाले २६ रन र मास ऐसाले २५ रन बनाएकी थिइन ।
पहिलो खेलमा नेपालका लागि सुमन विष्टले दुई तथा रुविना क्षेत्रीले एक विकेट लिए ।
नेपाली महिला टोलीले आगामी जनवरीमा नेपालमै आयोजना हुने महिला टी–२० विश्वकपको ग्लोबल छनोट खेल्दै छ । सोही प्रतियोगिताको तयारीका स्वरुप नेपालले जारी प्रतियोगिता खेलेको हो ।


















