Prakash Adhikari October 5, 2025

 

काठमाडौँ, १९ असोजः मलेसिया भ्रमणमा रहेको नेपाली महिला राष्ट्रिय क्रिकेट टिमले आथितेय राष्ट्र मलेसियाको महिला राष्ट्रिय क्रिकेट टिमसंग आज तेस्रो खेल खेल्दै छ ।

मलेशियाको क्वालालम्पुरस्थित वायुमास ओभलमा भइरहेको खेलमा नेपाल टस हारेर फिल्डिड.मा उत्रिएको छ ।

अन्तरराष्ट्रिय महिला ट्वान्टी–२० शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपाल विजयी भएको थियो भने पहिलो खेलमा आतिथेय राष्ट्र मलेशिया विजयी भएको थियो ।

शनिवार सम्पन्न दोस्रो खेलमा नेपालले घरेलु टोली मलेसियालाई छ ‘विकेट’ले पराजित गर्दै जित हासिल गरेको हो । यसअघि पहिलो खेलमा नेपाल मलेसियासँग तीन ‘रन’ले पराजित भएको थियो ।

नेपालले आगामी जनवरीमा घरेलु मैदानमा नै हुने आइसीसी महिला ट्वान्टी–२० विश्वकप ग्लोबल छनोटको तयारीस्वरुप उक्त शृङ्खला खेलेको हो ।
–––

Share Now