कठमाडौं, २१ असोज । जेनजीका सुधन गुरुड. लगायतले २३ गतेको प्रदर्शनका क्रममा निहत्था नवयुवा प्रदर्शनकारीहरुमाथि अनावश्यक गोली प्रहार गरी जीउ ज्यान लिएको आरोप लगाउदै तात्कालीन गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्री के.पी.ओलीलाई पक्राउ गर्न नेपाल प्रहरीको परिसरमा जाहेरी दिए लगत्तै नेकपा एमालेको भातृ संगठन अनेरास्ववियुको टोलीले जेनजी आन्दोलनमा सरकारी संरचना ध्वस्त पारेको आरोप लगाउँदै सुदन गुरुङ र बालेन शाहविरुद्ध जाहेरी दिएको छ।यसले दुई शक्तिका बीचिमा सडक मुठमेड हुने संभावना बढेको छ ।
आज जेनजीका तर्फबाट पूर्व प्धानमन्त्री ओली र पूर्वगृहमन्त्री लेखकलाई पक्राउ गर्न माग गर्दै भद्रकालीस्थित काठमाडौं प्रहरी परिसरमा निवेदन दिइएको थियो।
हिजो जाहेरी लिन नमानेको प्रहरीले आज जाहेरी दर्ता गरेर कारवाहीकोलागि गोरीबहादुर कार्की नेतृत्वको उच्चस्तरीय न्यायिक छानबिन आयोगमा पठाए लगत्तै नेकपा एमाले निकट अनेरास्ववियुको टोली जेनजी आन्दोलनको क्रममा सरकारी संरचना विध्वंस गरेको आरोपसहित हामी नेपालका संयोजक सुधन गुरुङ र काठमाडौँ महानगरपालिका मेयर बालेन्द्र शाह(बालेन) विरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौँमा जाहेरी दिएको छ ।
जाहेरी दिन अनेरास्ववियुका पूर्वअध्यक्ष समिक बडाल र हालका महासचिव दीपक धामीसहितको टोली प्रहरी परिसर पुगेको थियो।
सुदन गुरुङलगातको सक्रियतामा जेनजी समूहले जेनजी आन्दोलनमा दमनकारी भूमिका निभाएको भन्दै तत्कालीन प्रधानमन्त्री ओली र तत्कालीन गृहमन्त्री लेखकलाई पक्राउ गर्न मंगलबार दिएको दिएको जाहेरी बुझेर प्रहरीले थप अनुसन्धानका लागि भन्दै कार्की नेतृत्वको आयोगमा पठाएको हो । यद्यपि प्रहरी आफैले भने सो जाहेरी दर्ता नगरेको बताइएको छ ।
परिसरका प्रवक्ता एसपी पवन भट्टराईले जाहेरी लिएर थप अनुसन्धानका लागि कार्की नेतृत्वको आयोगमा पठाइएको जानकारी दिनुभयो । ‘हामीले जाहेरी लियौँ र जाँचबुझ आयोगमा अनुसन्धानका लागि पठायौँ,’ प्रवक्ता भट्टराईले भन्नुभयो ‘दर्ता नगरी आयोगको कार्यक्षेत्र पर्ने भएकाले आयोगमा पठाइदिएका हौँ । पत्र यहाँबाट आयोगमा गइसक्यो ।’
प्रहरी चेपुवामा
जेनजीका प्रदशृनकारीले २३ गतेको प्रदर्शनमा अन्धाधुन्ध गोली प्रहार गरेर प्रदर्शनकारीको ज्यान लिएको प्रत्यक्ष आरोपसहित तात्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकविरुद्ध किटानी जाहेरी दिए पनि ओलीले आफूलाई प्रदर्शनमा गोली चलेको कुरा पछि मात्रै थाहाभएको तथा प्रहरीसंग नभएका हतियारले गोली हानेको सार्वजनिक वक्तव्य दिनुभएको छ । तात्कालीन गृहमन्त्री रमेश लेखकलाई पनि सो दिन गोली चलाउनुपर्ने अवस्था आउने जानकारी नै थिएन । बानेश्वरमा गोली चलेको बेलामा उहाँ सिंहदरबारमा राज्यव्यवस्था समितिको बैठकमा हुनुहुन्थ्यो र अघिल्लो दिन बर्दिया जिल्लामा भएको हिन्दू र मुसलमानको सामान्य झडपबारे सांसदहरुलाई जानकारी दिइरहनुभएको थियो । सो दिन आवश्यक परेमा बल प्रयोग गर्न सिडीओ कार्यालयबाट निर्देशन दिएको देखिन्छ ।
तर पूर्व डिआईजी हेमन्त मल्लले सामाजिक सञ्जालमा एक अन्तर्वार्ता दिंदै भन्नुभएको छ, “सिडियोले शान्ति सुरक्षा कायम गर्न आवश्यक परेमा स्थानीय प्रशासन ऐन अन्तरगत बल प्रयोग गर्ने निर्णय गरेपनि फिल्डको अवस्था नहेरी कमाण्डरले आदेश दिंदैन र कमाण्डरको आदेश बेगर प्रहरीले गोली चलाउदैन । फिल्डमा खटिएको प्रहरीलाई गोली चलाउन स्थानीय प्रशासन ऐनले मात्र अधिकार दिएको छैन । उनीहरुलाई सरकारी सम्पत्ति वा सार्वजनिक सम्पत्तिको रक्षाको लागि सम्पत्तिसम्बन्धी ऐनले पनि गोली चलाउन अधिकार दिएको छ । आफ्नो जीउमाथि आक्रमण भएमा आत्मरक्षाको लागि गोली चलाउने अधिकारी नेपाल प्रहरी ऐनले पनि दिएको छ । त्यसैले गोली चलेको आधारमा पूर्वप्रधानमन्त्री र गृहमन्त्रीलाई पक्राउ गर्नुपर्ने कुनै कारण देखिदैन ।”
२०४६ सालको जनआन्दोलनमा पनि तात्कालीन सरकार प्रमुख मरिचमान सिंह, लोकेन्द्रबहादुर चन्द, गृहमन्त्री निरञ्जन थापालाई पक्राउ गरिएको थिएन । २०६२ ।६३ सालको जनआन्दोलनमा पनि प्रत्यक्ष शासन लिनुभएका तात्कालीन राजा ज्ञानेन्द्र, सरकारका हर्ताकर्ता डा.तुलसी गिरी र कीर्तिनिधि विष्टलाई पक्राउ गरिएन । छानबिन आयोगले पनि उहाँहरु कसैमाथि पूर्वाग्रह राखेर कारवाही गरेन । यद्यपि दुवै समयमा छानबिन आयोग बनेका थिए । २०४६ सालमा जनार्दन मल्लिकको नेतृत्वमा बनेको थियो भने २०६३ सालमा कृष्णजंग रायमाझीको नेतृत्वमा ।


















