काठमाडौं, २२ असोज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखराको लिचीबारी जग्गा प्रकरणमा ७ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगले तात्कालीन संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता र पूर्वमन्त्री रञ्जिता श्रेष्ठ लगायतलाई भ्रष्टाचामा मुद्दा दायर गरेको हो ।यस प्रकरणमा मुछिएका अन्य चार जना रामचन्द्र अधिकारी, यामकुमारी गुरुङ, तुल्सीराम बुढामगर र खमबहादुर पुनविरुद्ध पनि मुद्दा दायर भएको छ ।
गुप्ता र श्रेष्ठविरुद्ध अख्तियारले ७८ लाख बिगो माग दाबी गरेको छ ।
अधिकारीविरुद्ध ५३ लाख, गुरुङविरुद्ध २५ लाख, बुढामगरविरुद्ध ७८ लाख र पुनविरुद्ध २५ लाख बिगो माग दाबी गरिएको छ ।


















