वासिङ्टन, २३ असोज (रासस/एएफपी): अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल र हमासबीच गाजा युद्धविराम र बन्धक रिहाइको सम्झौतामा हस्ताक्षर गर्न इजिप्ट जाने प्रयास गर्ने बिहीबार बताउनुभएको छ।
राष्ट्रपति ट्रम्पले अमेरिकी क्याबिनेट बैठकमा भन्नुभयो, “म प्रयास गर्नेछु । हामी त्यहाँ पुग्ने प्रयास गर्नेछौँ। गाजामा युद्धविराम गर्नका लागि सही समयमा हामीले काम गरिरहेका छौँ।”
ट्रम्पले प्यालेस्टाइन क्षेत्रमा बन्धक बनाइएका व्यक्तिहरूलाई ‘सोमबार वा मङ्गलबार’ रिहा गरिने बताउनुभयो । उहाँले यो युद्धविराम सम्झौतासँगै ‘गाजामा युद्ध समाप्त’ हुनेछ।
इजरायलको पूर्ण मन्त्री परिषद्ले सम्झौतालाई अनुमोदन गर्न बैठकमा आह्वान गर्ने बैठकले सेना गाजाबाट हट्नु पर्छ र बन्धकहरूको बदलामा सयौं प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्नु पर्छ भन्ने बिषयमा ऐक्यवद्धता जनाउने सम्भावना प्रवल बनेको छ।
सम्झौताले संयुक्त राष्ट्रसङ्घले भोकमरीको घोषणा गरेको गाजामा सहायताको बृद्धिको पनि परिकल्पना गरेको छ।
इजरायली सेनाले सम्झौताअनुसार गाजाबाट सेना फिर्ता गर्ने तयारी गरिरहेको बताएको छ।
ट्रम्पको योजनामा हमासको निशस्त्रीकरण र गाजामा अमेरिकी राष्ट्रपतिको नेतृत्वमा सङ्क्रमणकालीन प्राधिकरणले शासन गर्ने पनि कल्पना गरिएको छ । यद्यपि यी बुँदाहरू अझै छलफलमा सम्बोधन गरिएको छैन।
हमासभित्रको एक स्रोतले एएफपीलाई बताएअनुसार सम्झौताको पहिलो चरणको एक भागको रूपमा करिब दुई हजार प्यालेस्टिनी कैदीहरूको रिहाइको बदलामा हमास समूहले एकैपटक २० जीवित बन्धकहरूलाई मुक्त गर्नेछ।
—


















