नायोगा(जापान),२ भदौ । नायोगामा कार्यरत नेपाली महिलाहरुको संगठन सगरमाथा महिला समूहको तेस्रो अधिवेशन तथा तीज कार्यक्रम नागोयामा सम्पन्न भएको छ । अधिवेशनले सुशीला भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ ।
कार्य समितिको उपाध्यक्षमा अनु सुवेदी, सचिवमा रन्जना सापकोटा, सह-सचिवमा पुष्पा आचार्य कोषाध्यक्षमा सिखा चालिसे चयन हुनुभएको छ ।
कार्य समितिको सदस्यहरुमा सनम घले,नारायणी पहारी, सृजना पौडेल,रमा भट्टराई, माया पौडेल ,सपना भण्डारी,कोपीला गिरी र जानबी अधिकारी रहनुभएको छ ।
नयाँ कार्य समितिको पहिलो बैठकले संरक्षकमा राधा थापा र सल्लाहकारहरु लक्ष्मी रेग्मी, नारायणी आचार्य र निर्मला भट्टलाई छनौट गरेको छ ।
कार्यक्रमको प्रमुख अतिथी एनआरएनए एसिया प्यासीफिक उपसंयोजक पारसमणी पोखरेल थिए भने विशेष अतिथि डिलाराम खरेल हुनुहुन्थ्यो ।
अध्यक्ष राधा थापाको सभापतित्व सञ्चालन भएको कार्यक्रममा सदस्य पुष्पा आचार्यले स्वागत मन्तब्य दिनुभएको थियो भने सचिव लक्ष्मी रेग्मीले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो ।
कार्यक्रममा टोयोटा तथा नागोयावासी नेपाली चेलीबेटीहरुले नाचगान गरि तीज दर खाएर रमाइलो समेत गरेका थिए ।