Prakash Adhikari October 17, 2025

काठमाडौं, ३१ असोज। बुध्द एयरका अध्यक्ष वीरेन्द्रबहादुर बस्नेत राजनीतिमा ओर्लनुभएको छ । उहाँको अगुवाईमा निर्वाचन आयोगमा गतिशिल लोकतान्त्रिक पार्टी दर्ता भएको छ ।

निर्वाचन आयोगमा ५१७ नम्बरमा दर्ता भएको गतिशील लोकतान्त्रिक पार्टीको अध्यक्षमा समाजशास्त्री दिनेश प्रसाईं र महासचिव पियुषप्रसाद कायस्थ हुनुहुन्छ । बस्नेत सदस्य रहनुभएको छ ।

पार्टीको विधानमा पदाधिकारीहरु चुनाव नलड्ने र पदाधिकारी बाहेकका सदस्यले चुनाव लड्न पाउने व्यवस्था छ । पार्टीको सदस्य बसेर बस्नेतले चुनाव लड्ने स्थान सिर्जना गर्नुभएको छ ।

बस्नेत लगायतको ‘गतिशील लोकतान्त्रिक पार्टी’ निर्वाचन आयोगमा छ ।

पार्टीको दस्तावेजमा के छ ?

गतिशील लोकतान्त्रिक पार्टी सुधार, सुशासन र आर्थिक उत्थानमा केन्द्रित नयाँ राजनीतिक विकल्प भएको दाबी गरिएको छ ।

गतिशील लोकतान्त्रिक पार्टीको ‘हामी किन र हाम्रो प्रतिबद्धता’ शीर्षकको दस्तावेजमा पार्टीले आफूलाई सुधारवादी, पारदर्शी र जनमुखी शक्तिका रूपमा परिभाषित गरेको छ ।

दस्तावेजका अनुसार, गतिशील लोकतान्त्रिक पार्टी नेपालको राजनीतिक, सामाजिक र आर्थिक संरचनामा देखिएका कमजोरीलाई सम्बोधन गर्दै नयाँ पुस्ताको सोच र कार्यकुशल नेतृत्वका माध्यमबाट वैकल्पिक शक्ति बन्ने लक्ष्यसहित अघि बढ्ने जनाइएको छ ।

गतिशील लोकतान्त्रिक पार्टीले आफूलाई लोकतान्त्रिक मूल्यमा आधारित, परिणाममुखी र सुशासनमुखी पार्टीका रूपमा अघि बढाउने बताएको छ । दस्तावेजमा भनिएको छ,’राजनीति सेवा हो, सत्ताको माध्यम होइन।’

पार्टीका अनुसार राज्य सञ्चालनमा पारदर्शिता, जवाफदेहिता र जनउत्तरदायित्व कायम गर्नु नै यसको मूल नीति हो । पार्टीले स्थानीय तहदेखि संघीय स्तरसम्म योग्यता, इमानदारी र कार्यक्षमताका आधारमा नेतृत्व छनोट गर्ने प्रावधान राखेको जनाएको छ।

संगठनभित्र एउटै पदमा दुई कार्यकालभन्दा बढी बस्न नपाइने व्यवस्था गरिएको छ, जसले नयाँ नेतृत्व विकास र आन्तरिक लोकतन्त्र बलियो बनाउने अपेक्षा गरिएको छ ।

गतिशील लोकतान्त्रिक पार्टीले सहभागितालाई खुला राख्दै, योग्यता र सोचका आधारमा सबै नागरिकलाई स्वागत गर्ने जनाएको छ ।

देशभित्रै रोजगारी र अवसर खोजिरहेका युवा, निर्णय प्रक्रियामा समान स्थान चाहने महिलासहित दलित, जनजाति, मधेसी, थारू, मुस्लिम र सीमान्तकृत समुदाय, साथै व्यवसायी, शिक्षक, स्वास्थ्यकर्मी, प्रविधिज्ञ र वैचारिक रूपमा स्वतन्त्र नागरिकहरू सबैलाई पार्टीको अभियानमा सामेल हुन आह्वान गरिएको छ।

पार्टीले संगठनमा समानुपातिक प्रतिनिधित्व र अवसरको समान वितरण सुनिश्चित गर्ने उल्लेख गरेको छ।

गतिशील लोकतान्त्रिक पार्टीले “उत्पादन, पारदर्शिता र स्वावलम्बन”का तीन स्तम्भमा आधारित गरेको छ । दस्तावेजमा कृषि, पर्यटन, ऊर्जा र सूचना प्रविधिलाई आर्थिक रूपान्तरणका मुख्य आधार बनाइने उल्लेख छ।

युवा उद्यमशीलतालाई प्रोत्साहन गर्न रोजगारीमुखी कार्यक्रम सञ्चालन गरिने, स्थानीय उत्पादन र उद्योगलाई कर–राहत तथा लगानी–सुरक्षाका नीतिगत व्यवस्था गरिने दस्तावेजमा उल्लेख गरिएको छ ।

शिक्षा, स्वास्थ्य, यातायात र सिँचाइमा निजी–साझेदारी मोडललाई प्राथमिकता दिइने छ भने सरकारी खर्चमा मितव्ययिता र भ्रष्टाचार नियन्त्रणलाई शून्य सहनशीलता नीति लागू गरिने उल्लेख छ ।

दस्तावेजमा गतिशील लोकतान्त्रिक पार्टीलाई ‘लोकतान्त्रिक, समावेशी र परिणाममुखी सुधारवादी शक्ति’को रूपमा परिभाषित गरिएको छ।

पार्टीको दीर्घकालीन दृष्टि राजनीतिक स्थायित्व, सामाजिक समानता र आर्थिक स्वावलम्बनसहितको समृद्ध नेपाल बनाउने रहेको उल्लेख गरिएको छ । पार्टी स्थापनाका अवसरमा जारी आह्वानपत्र यस्तो छः


गतिशील लोकतान्त्रिक पार्टी
– सबै मिलां, देश बचाऊँ, देश बनाऊँ –
भदौ २४ ले देखाएको सम्भावना
अरु आन्दोलनभन्दा भदौ २४ बिल्कुलै भिन्न एवं महत्वपूर्ण छ । त्यस दिनको आन्दोलनले तीन घण्टा नबित्दै
सम्पूर्ण राष्ट्रको शासकीय पद्धती धरापमा पारेको थियो । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मको धेरै सरकारी कार्यालयहरुमा क्षति पुगेको थियो । खर्बौको निजी घर, उद्योग, डिर्पाटमेन्टल स्टोर, होटल, रिसोर्टहहरु खरानीमा परिणत भएका थिए । सरकारको उपस्थिति शुन्यप्रायः थियो ।
मुलुकमा यसभन्दा अगाडि पनि धेरै आन्दोलन भएका थिए । कुनै वर्षाैवर्ष त कुनै महिनौंमहिना । तर यस किसिमको उथलपुथल कहिल्यै भएको थिएन । अर्थात् केही घण्टामै सत्ता परिवर्तन भएको थिएन । यसको सुक्ष्म विश्लेषण हुनु जरुरी छ ।
प्रथमतः हामी भदौ २३ र २४ मा भएको ‘जेन जी आन्दोलन’का शहिदहरुप्रति सम्मान तथा घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्छौं । सरकारसँग घाइतेहखलाई रोजगारी एवं पुनस्र्थापनाको माग पनि गर्छौं ।
देशमा प्रजातन्त्र ल्याउन विभिन्न कालखण्डमा आन्दोलनहरु भए । तात्कालिन सरकारका बन्दुकको नालबाट निस्केका गोलीले दर्जनांैदर्जन शहिद एवं घाईते भए, धेरैले जेलनेल भोग्नु प¥यो । प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र, संघीयता तथा नागरिक अधिकार प्राप्तिको आन्दोलनमा शहादत प्राप्त गरेका सम्पूर्णत ज्ञातअज्ञात शहिदहखप्रति हार्दिक नमन गर्दछांै ।
आन्दोलनका कारक र कारणहरु
तीन दशक अघि २०४६ सालको राजनीतिक परिवर्तनपछि बहुदलिय शासन व्यवस्था परीक्षण हुदै आएको थियो । यो परीक्षणमा कुनै पनि निर्वाचित सरकारले निर्धारित कार्यकाल पूरा गरेनन् । मध्यावधि चुनाव हुने,
थुपै्र गठबन्धन बन्ने र भत्किने सिलसिला जारी रह्यो । २०७२ सालमा गणतान्त्रिक संघीय शासन सहितको
संविधान जारी भएपछि दुई वटा चुनाव भए तर बिडम्बना दोस्रो पटकको चुनावबाट गठन भएको प्रतिनिधि
सभाले पाँच वर्षको पूर्ण आयु पूरा गर्न पाएन ।
बहुदलीय व्यवस्थाको पुनस्र्थापनादेखि भदौ २४ गतेसम्म आईपुग्दा हरेक सर्वसाधारणमा कुशासन, बेथिति एवं भ्रष्टाचारविरुद्ध चरम आक्रोश पैदा हुनु स्वाभाविक हो । यस अवधिका कुनै पनि सरकारले जनताले दिएको म्यान्डेट अनुसार काम गर्न सकेनन्, आ–आफ्ना दलगत स्वार्थमा मात्र लिप्त रहे ।
उǐिलखित कारणसहित २६ वटा सामाजिक सञ्जाललाई बन्द गर्ने सरकारी कदमले जनआक्रोशलाई विष्फोट गराउने काम गर्यो । राज्यसत्ता तथा स्थापित राजनीतिक पार्टीहखको विखद्ध व्यापक आन्दोलन भई तीन घण्टामै शासन सत्ता परिवर्तन भयो ।
२०४७ सालपछि स्थापित सम्पूर्ण राजनीतिक पार्टीहखले आफ्नो गतिविधिलाई सीमित नेता र कार्यकर्ताको
स्वार्थ पूर्तिमा केन्द्रीत गरे । राजनीतिलाई समाज एवं राष्ट्र सेवा नभई नाफामूलक पेशाको खपमा परिणत गरे । सरकारमा होस वा दलमा शिर्ष नेताहख बाँचुञ्जेल कुर्सीमा रहने परम्परा स्थापित गरे । सत्तालाई राज्यदोहन र अकुत सम्पत्ति आर्जनका लागि मात्र प्रयोग गरे ।
सार्वजनिक पद, प्रहरी प्रशासन, निजामती सेवा, न्यायपालिकामा चरम राजनीतिक हस्तक्षेप भयो । स्वाभिमानी विचार र मेहनती हातहखलाई हतोत्साहित गरियो ı पेशा, व्यवसाय, ठेक्कापट्टा, पूर्वाधार निर्माण, राज्यले प्रदान गर्ने सहायता, अनुदान, ईजाजत आदिमा नेता नजिकका मान्छेले मात्र अवसर पाउने परिपाटी विकास भयो ।
राजनीतिक दलले सम्पूर्ण राष्ट्रलाई नै आश्रय र आश्रितमा परिणत गराए । कसैले पनि कुनैपनि कार्य गर्दा कुनै न कुनै राजनीतिक पार्टीको आड र भनसुनबाट मात्र सम्भव हुने अवस्था सिर्जना भयो । राजनीतिक आड तथा भनसुनबाट नहुने कार्यहख ठूलो लेनदेनबाट मात्र सम्भव हुने भयो । अर्थात् सबै नियम विधि कुल्चियो ।
राजनीति विरोधको मात्र भयो, देश विकास, दिगो रोजगारीको कुनै योजनावद्ध कार्य हुन सकेन । शिक्षा प्रणाली विशेषगरी माध्यमिक विद्यालयको शैक्षिक स्तर पूर्ण खपमा ध्वस्त भयो । बिना सीप र बिना गहिरो अध्ययनको बेकामे जनशक्ति तैयार हुन थाल्यो । फगतः विदेशी भूमिको टण्टलापुर घाममा काम गरेर मासिकसरदर १०–१५ हजार रुपैया घर पठाउन सक्ने कष्टदायक रोजगारी अगाँल्न युवा वाध्य भए । विदेशमा काम गर्न जान नसक्ने जनशक्ति देशमै अर्ध बेरोजगार वा बेरोजगार भएर बस्ने अवस्था सिर्जना भयो ।
अर्काेतिर पार्टीका नेता, कार्यकर्ता र नेतासँग आश्रित ठेकेदार, व्यापारीले अकुत सम्पत्ति आर्जन गर्न थाले ।राजनीतिक दलको कार्यकर्ता नभई कर्मचारीतन्त्र, प्रहरी प्रशासन तथा न्यायपालिकामा खुट्टै टेक्न नसकिने वातावरण निर्माण भयो । सामन्ती समाजमा जस्तो ठूलाबडाले टिका लगाएर पद दिने र पजनी गर्ने प्रवृत्तिले गणतन्त्रसम्मै निरन्तरता पायो ।
अबको कार्यदिशा
जेन जीको आन्दोलनपछि कार्यवाहक मन्त्रीमण्डल स्थापित भइसकेको छ । अहिलेको सरकारको लक्ष्य ६ महिनाभित्र निष्पक्ष चुनाव गराउनु हो । निर्धारित समयभन्दा दुई वर्ष अगाडी नै निर्वाचन हुँदा देशलाई निकै ठूलो आर्थिक भार हुन्छ । विकास योजना तथा राज्यको दायित्व भित्रका अन्य कार्यक्रमबाट रकमान्तर गरी चुनाव गर्नुपर्छ । यसले सिर्जना गरेको दायित्वप्रति तात्कालिन राजनीतिक दलहख जवाफदेही हुनुपर्छ ।
अबको विकल्प के त ?
अब फेरि विरोधको राजनीति र पेशागत राजनीतितिरै उन्मुख हुने हो भने हिजोको अवस्था भन्दा अझ फरक खपमा भयावह अवस्था निर्माण हुने डर छ ı प्रतिशोधको राजनीति भएको खण्डमा सन् १७८९ मा फ्रान्सेली जनक्रान्तिमा जस्तो रēसपियरको तीन वर्षे आतंकको शासन हुदै नेपोलियन बोनापार्टको तानाशाहीमा गएर टुंगिने खतरा हुन्छ । त्यसैकारण अब राष्ट्रप्रति जवाफदेही आम नागरिक एक ठाउँमा आएर समतामूलक विकासको निम्ति एकबद्ध हुन जरुरी छ । अब राजनीतिलाई पेशा बनाउन पाइदैन । राजनीतिमा आउनेले निश्चित समयका लागि मात्र आउनुपर्छ ।
आजको मुल समस्या बेरोजगारी हो । यो समस्यालाई उच्च प्राथमिकतामा राखेर विभिन्न रोडम्यापसँगै समय तालिका निर्धारण गरिनुपर्छ ।
तसर्थ अब आम नेपाली नयाँ सोच नयाँ राष्ट्र निर्माणका लागि अगाडी आउनुपर्छ ।
हामी किन ?
सबै नेपालीको प्रथम अधिकार रोजगारी हो– त्यो पनि दिगो रोजगारी । यो नै सरकारको प्रथम कर्तव्य हो ।
सरकारको पूर्ण कार्य भनेकै विकासको कार्य, लगानीको कार्य, राज्य व्यवस्थापनको कार्य, नागरिकका लागि दिगो रोजगारी सिर्जना गर्ने हो । हरेक नागरिकलाई सिर्जनशील तथा रचनात्मक कार्यमा व्यस्त राख्ने वातावरण निर्माण हो । त्यसपछि मात्र समाज र राष्ट्र चलायमान हुन्छ । राष्ट्रमा समृद्धि र शान्ति सुव्यवस्था स्थापित हुन्छ । यसैकारण हामी नेपालको भविष्यप्रति चिन्तनशील आम नागरिक यसको समाधानका लागि पार्टी खोल्ने निष्कर्षमा आएका छौं । राजनीतिमा होमिनु हाम्रो राष्ट्रप्रतिको चिन्ता हो, पेशा होईन । हामी विविधताको सुसंस्कृति र सामाञ्जस्यपूर्ण समाजका लागि बहुलताको राजनीतिक लिएर आएका छौं ।
हाम्रा लागि सत्ता राज्यदोहनको साधन होईन । पार्टी र सरकारमा एक पद एक व्यक्तिको अवधारणा शुखदेखि नै लागु गरिनेछ । छोटो अवधिका लागि मन्त्री, प्रधानमन्त्री भएपनि दुई चोटीभन्दा बढी प्रतिनिधित्व गर्न पाइने छैन । अर्थात् दुई कार्यकालपछि ऊ आफ्नो नियमित सामाजिक जीवनमा फर्किनै पर्छ । यसैगरी पार्टीलाई गतिशील बनाउनका लागि निम्न व्यवस्थाहरुलाई अभ्यासमा ल्याइनेछः
  •  पार्टीको कुनै पनि सदस्य, एकै पदमा दुई कार्यकालको लागि मात्र बहाल रहन सक्ने ।
  •  पार्टीको जुनसुकै कार्यसमितिको पदमा सो¥ह वर्षसम्म बहाल रहेपछि, पार्टीको कुनै पनि कार्यसमितिको पदमा नियुक्त हुन नपाउने ।
  •  पार्टी कार्य समितिका पदाधिकारी र सार्वजनिक पदमा जाने व्यक्ति छुट्टाछुट्टै हुने ।
  •  सार्वजनिक पद मन्त्री, प्रधानमन्त्रीमा दुई चोटीभन्दा बढी प्रतिनिधित्व गर्न नपाईने ।
  •  पार्टीको हरेक गतिविधि खुǐला सफ्टवेयरको माध्यमबाट निगरानी गर्ने ।
  •  निकटको चुनाव बाहेक आगामी चुनावहरुमा स्थानीय स्तरको शुरुवाती तहबाटै सबैको सहभागितामा उम्मेदवार छान्ने ।
  •  देशको सबै भुगोलमा सुशासन, उद्यमशीलता र समताको प्रतिबद्धता गर्दै एजेण्डामा महासचिवहरु र प्रदेश र पालिकामा सचिवहरु रहनेछन् ।
  • यसैगरि पार्टीको सबै तहमा चेतनशील, कर्मठ, समावेशी नेतृत्व हुने ।
संघीय स्तरमा प्रत्येक
यसले राजनीतिलाई पूर्णकालिन पेशामा बन्देज लगाउँछ भने नयाँ अनुहार र सोचको प्रवाहलाई थप बढावा दिन्छ । भविष्यको पुस्ताको लागि एउटा संस्थागत नासोको खपमा स्थापित हुन्छ ।
हामीले आश्रय र आश्रित राजनीतिलाई वर्जित गरेका छौं । त्यसैले हाम्रा कुनै पनि वर्गीय संगठन हुने छैन । हाम्रो पूर्णकालिन कार्यकर्ता पनि हुनेछैन । २० प्रतिशतभन्दा कम मत पाएको खण्डमा हामी सरकारमा पनि
सामेल हुने छैनांै । पारदर्शि हिसाब किताब पार्टी आम्दानीको मुख्य स्रोत नै कार्यकर्ता, शुभेच्छुक एवं सर्वसाधारण जनताहख हुन् । उहाँहरुबाट प्राप्त रकम कम्प्युटरकृत प्रणालीबाट जम्मा गरिनेछ । पार्टीको हरहिसाबमा पूर्ण पारदर्शिता अपनाईनेछ ।
  • पार्टीलाई प्राप्त सहयोग रकम वेवसाईटमा प्रकाशित गरिनेछ ।
  • वार्षिक बजेट बिनियोजन अनुसार खर्च विवरण पनि वेवसाईटमा राखिनेछ ।
  • आधिकारिक लेखा परीक्षकबाट त्रैमासिक एवं वार्षिक हरहिसाब एवं वासलात तयार गरि सबैले हेर्न मिल्नेगरि पार्टीको वेवसाईटमा राखिनेछ ।
हाम्रो आह्वान
अब समर्थ नेपाली मुकदर्शक भएर बस्नु हुँदैन । जोसँग सोच एवं सामथ्र्य छ, तिनीहरुले राष्ट्रलाई सही दिशातिर डो¥याउन अगाडी आउनुपर्छ । समुन्नत राष्ट्र निर्माणमा रोजगारी, शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार अहम् विषय हुन ।
अबको सरकार पूर्ण पारदर्शी र भ्रष्टाचारप्रति शुन्य सहनशील हुनेछ । राज्य सञ्चालनको अवधारणा हामीले बनाउन थालिसकेका छौं । अब सबै तप्काका कार्य योजनाहख घोषणा पत्रमा सार्वजनिक गर्दै जानेछौं र बहसका लागि सबै पक्षलाई आह्वान गर्छांै । जसले गर्दा चुनाव समापन हुने बित्तिकै पहिलो दिनदेखि राष्ट्र सुशासन, समावेशी र समतामूलक समुन्नतीतिर लम्कने छ र दिगो रोजगारी सिर्जना हुनेछ ।
सार्वजनिक संस्थानलाई जनमुखी सेवा प्रदायक खपमा विकास गरिनुपर्छ । ति निकायहखमा राजनीतिक नियुक्तीलाई निषेध गरिनुपर्छ । निजामति सेवाले सिर्जनशील र बजारको श्रेष्ठ प्रतिभालाई भित्र्याउन सक्नुपर्छ । अकर्मण्यता क्षम्य हुनुहुदैन ।
दिगो रोजगारी समृद्धिका अभिन्न अंग शिक्षा, पर्यटन, कृषि र ऊर्जा हुन् ı त्यसैगरि स्थानीय सरकार सञ्चालन र स्वास्थ्य सुविधा अत्यावश्यक आधारभूत सेवा हो । यससम्बन्धी सोच र विशेष कार्यक्रम हामी तिहारलगत्तै सार्वजनिक बहसका लागि ल्याउने छौं । त्यसमा सहभागी हुन सबै पक्षलाई आह्वान गर्नेछौं ।
राष्ट्रमा विधिको शासन हुनुपर्छ । विधिको शासन सर्वसाधारणलाई मात्र नभई राजनीतिक पार्टी, निजामती, कर्मचारी, व्यापारी एवं उच्च ओहदामा बस्ने सबैका लागि हो । त्यसैले यसको पालना अक्षरशः हुनुपर्छ । विधिको शासनमा आफुखुशी गर्ने तथा ऐन नियम पालना नगरेका विगतदेखि वर्तमान पुस्ता ‘बेबी वुमरदेखि जेन जी, जेन अǐफा तथा जेन बिटा’ सबैलाई समेटिनु पर्छ ।
उद्योग र उद्यमशीलता अर्थतन्त्रका खम्बा हुन् । राष्ट्रलाई अग्रसरतातर्फ डो¥याउने सबैभन्दा छिटोछरितो माध्यम नै गतिशील अर्थतन्त्र हो । जोखिम उठाएर, सिर्जनशील भएर लगानी गरि देशमा स्वरोजगार हुने, रोजगारी सिर्जना गर्ने र राज्यलाई कर बुझाएर राज्य सञ्चालन, शिक्षा, स्वास्थ्य, सामाजिक सुरक्षा, विकास निर्माण आदि कार्य सम्भव बनाउने उद्यमशील व्यक्तिहखलाई हामी प्रोत्साहन र सम्मान गर्छांै । हामी उनीहखलाई पनि राजीतिमा आएर उद्यमशीलता प्रवद्र्धन गर्ने नीति निर्माणमा प्रत्यक्ष संलग्न हुन पे्ररित गर्छौं ।  साथै, उद्यमीहरुकोराजनीतिक सहभागिता निर्विवाद र सम्मानित बनाउन, नीतिगत भ्रष्टाचार र स्वार्थ बझान नहुने निश्चित गर्न आवश्यक नीति तथा कानुन बनाउने छौं ।
र, अन्त्यमा
अहिलेको अवस्थालाई देखेर कोही पनि देशबाट पलायन हुनुपर्दैन । हामी सबै मिलेर देशलाई समृद्धितर्फ फेरि उकास्ने छांै । यसका लागि सम्पूर्ण देशपे्रमी जनता, उद्योगी, व्यापारी, कर्मचारी, प्रशासक तथा पेशेवर सबैलाई आह्वान गर्दछौं । अबको चुनावमा पनि विरोधको राजनीति, पेशागत राजनीतिले प्रश्रय पायो भने नेपाल गहिरो अध्याँरो खाेंचमा फस्नेछ जसबाट निस्कन धेरै मेहनत र बलिदान गर्नुपर्ने हुन्छ ।
त्यसैकारण अब सोचयुक्त र सिर्जनशील राजनीति गरौं । ईमान्दारीको राजनीति गरौं । त्यागको राजनीति गरौं । अबको नेपालमा एउटा नियमसंगत राजनीतिक संस्कारलाई विकास गरी स्थापित गरौं । आजको पुस्ता र भावी पुस्ताले समावेशी र समतामूलक उज्ज्वल भविष्य प्राप्त गर्न सकुन ।
यो हाम्रो आह्वानपत्र हो । माथि भनिए झैं हामी घोषणापत्र तथा अन्य दस्तावेज आउने दिनमा सार्वजनिक गर्दै जानेछौं ।
नेपाल आमा जहिले पनि खुसी रहुन र हाम्रो देश सुन्दर, शान्त र विशाल रहोस् ।
सबैमा गतिशील अभिवादन !

 

Share Now