काठमाडौं, २ कार्तिक । नेपालले हङकङ क्रिकेट सिक्सेसमा सिनियर खेलाडी शरद भेषवाकरको नेतृत्वको टिम पठाउने भएको छ ।
नेपाल क्रिकेट संघ(क्यान)ले आइतवार प्रेस विज्ञप्ति जारी गर्दै शरदको कप्तानीमा ७ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो।
सो प्रतियोगितापछि शरदले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिने कार्यक्रम रहेको पनि क्यानले जनाएको छ।
शरदको कप्तानीमा सन्दीप जोरा, मोहम्मद आदिल आलम, लोकेश बम, बसिर अहमद, रसिद खान, रुपेश कुमार सिंह टोलीमा छन् ।
क्रिकेट हङकङ चीनको आयोजना कात्तिक २१ देखि २३ गते (नोभेम्बर ७ देखि ९) सम्म हङकङ क्रिकेट सिक्सेस हुनेछ।


















