काठमाडौं, २ भदौ । मलेसियामा आयोजना हुने एसीसी एसिया कप छनोट प्रतियोगिताका सहभागी हुने नेपाली खेलाडीको नाम सार्वजनिक भएको छ ।
नेपाली क्रिकेटका मुख्य प्रशिक्षक जगत टमाटा र कप्तान पारस खड्का सहभागी छनोट समितिले १५ जनाको टोली र ४ जना वैकल्पिक सदस्य रहेको टीम घोषणा गरेको छ ।
प्रतियोगिता आगामी अगस्ट २८ देखि मलेसियामा हुँदैछ ।
नेपाली टिममा विनोद भण्डारी र सागर पुन प्रवेश पाएका छन् ।
नेपाली टिममा विनोद भण्डारी र सागर पुन प्रवेश पाएका छन् ।नेपाली टिममा कप्तान पारस खड्का,उपकप्तान ज्ञानेन्द्र मल्लसहित अनिल कुमार शाह, बसन्त रेग्मी, विनोद भण्डारी, दिपेन्द्र सिंह ऐरी, करण केसी, ललित भण्डारी, ललितनारायण राजवंशी, आरिफ शेख, सागर पुन, सन्दीप लामिछाने, सोमपाल कामी, सुवास खकुरेल रहेका छन् । बैकल्पिक खेलाडीमा किशोर महतो, प्रदिप ऐरी, सुनिल धमला र सुशन भारी छन् ।
एसिया कप छनौटका लागि नेपालको ब्याटिंग प्रशिक्षकमा एसियन क्रिकेट काउन्सिल (एसीसी)ले भारतका अपूर्व देसाईलाई नियुक्त गरेको छ। उनले अगष्ट १४ बाटै नेपाली टोलीलाई प्रशिक्षण दिइरहेकाछन्।
१४ अगष्टदेखि बन्द प्रशिक्षणमा रहेको नेपाली क्रिकेट टोली मलेसियामा आयोजना हुने प्रतियोगिता अघि अगष्ट २० तारिकमा अभ्यासका लागि श्रीलंका प्रस्थान गर्दैछ।
नेपाली टिमले त्यहाँको आर्मी क्रिकेट टिम, ब्लुमफिल्ड टिम र कोल्टस् टिमसँग अभ्यास खेल खेल्नेछ ।अभ्यास सकेपछि नेपाली टिम अगस्ट २७ मा त्यतैबाट मलेसिया प्रस्तान गर्नेछ ।
अगस्ट २९ देखि सेप्टेम्बर ६ तारिकसम्म आयोजना हुने एसिया कप छनौट प्रतियोगिताको बिजेता टिम एसियाली टेस्ट राष्ट्रहरुले खेल्ने एसिया कप खेल्न छनौट हुनेछ भने डिसेम्बरमा आयोजना हुने इमर्जिङ्ग टिम्स् एसिया कपमा समेत स्वतः छनौट हुनेछ।
युएईमा १५ देखि २८ सेप्टेम्बरसम्म आयोजना हुने एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान खेल्नेछन् र बाँकी १ राष्ट्रको निर्क्योल एसिया कप छनौट पछि हुनेछ।
छनोट प्रतियोगिताको शीर्ष स्थानमा रहने टिमले भारत र पाकिस्तानको टिमसंग सामना गर्नेछ ।
नेपाली टोली यसपटक निकै आशावादी रहेको छ ।


















