काठमाडौं,११ कार्तिक। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा उपचारका लागि सिंगापुर प्रस्थान गर्नुभएको छ। उहाँ सोमबार राति पत्नी आरजु राणासहित उपचारका लागि सिंगापुर जानुभएको हो। देउवा दम्पती सोमबार राति सिंगापुर एयरलाइन्समार्फत सिंगापुर प्रस्थान गर्नुभएको हो।
जेनजी आन्दोलनको दोस्रो दिन बूढानीलकण्ठस्थित निवासमा देउवा दम्पतीमाथि कुटपिट भएको थियो। त्यसक्रममा देउवाको टाउकोमा चोट लागेको र उपचारका क्रममा १२ टाका लगाइएको थियो।
देउवाले असोज २८ गते केन्द्रीय कार्यालय पुगेर स्वास्थ्यलाई कारण देखाउँदै उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति जिम्मोवारी सुम्पनुभएको थियो।


















