Prakash Adhikari October 28, 2025

काठमाडौँ, ११ कार्तिक । जेनजीद्वारा आह्वान गरिएको जनआन्दोलन २०८२ को समन्वय संघर्ष समितिले सर्वपक्षीय अन्तरिम सरकार गठन हुनुपर्ने माग अघि सारेको छ।

मुलुकलाई निकास दिन राजनीतिक दल, नागरिक समाज र जेनजी आन्दोलनका प्रतिनिधिसहितको अन्तरिम सरकार गठन हुनुपर्ने माग गर्दै समितिले मङ्गलबार काठमाडौंमा पत्रकार सम्मेलन गरेको छ ।

समितिका प्रतिनिधि लेनिन विष्टले राष्ट्रिय सङ्कट समाधानका लागि यस्तो सर्वपक्षीय सरकार गठन गर्नुपरेको बताउनुभयो ।

समितिको प्रस्ताव यस्ता छन्ः
सर्वपक्षीय अन्तरिम सरकार गठनस् सबै राजनीतिक दल, नागरिक समाज र जेन(जी आन्दोलनका प्रतिनिधिहरू सम्मिलित उच्चस्तरीय समन्वय समिति गठन गर्ने। उक्त समितिले सर्वसम्मतिको आधारमा अन्तरिम सरकार गठनको प्रस्ताव राष्ट्रपतिसमक्ष पेस गर्ने।

कार्यकालको सीमाः अन्तरिम सरकारको कार्यावधि संविधान संशोधन र सुधारका कार्य सम्पन्न गर्नका लागि अधिकतम १८ महिना रहने।

प्रमुख जिम्मेवारीहरूः यस अवधिमा संविधान संशोधन, निर्वाचन प्रणालीको आमूल सुधार र राष्ट्रिय नीतिको गहन पुनरावलोकन सम्पन्न गर्ने।

अन्तिम लक्ष्यः अन्तरिम सरकारको कार्यकाल समाप्तिपछि स्वतन्त्र, निष्पक्ष र पारदर्शी निर्वाचनमार्फत स्थायी सरकारको स्थापना गर्ने।

संयोजक विष्टले यो सरकार गठनका लागि सहयोग गर्न नेपाली काँग्रेस, नेकपा एमालेलगायतका पुराना राजनीतिक दलहरूलाई पनि आग्रह गर्नुभएको छ। उहाँले नयाँ सरकार गठनका लागि विभिन्न राजनीतिक दलहरूसँगको छलफललाई अघि बढाइसकेको जानकारी दिनुभयो ।
(न्युज एजेन्सी नेपाल)

Share Now