Prakash Adhikari October 31, 2025

पोखरा(कास्की), १४ कार्तिक । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लि. ले आफ्ना अभिकर्ताहरुका लागि एक रात दुई दिनको “सफलताको शुरुवात” कार्यक्रम पोखरा स्थित होटल पोखरा ग्राण्डमा सम्पन्न गरेको छ ।

कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि २०८२ भाद्र महिनामा संचालन गरेको मासिक योजना अन्तर्गत लक्ष्य पूरा गर्न सफल अभिकर्ताहरुलाई नेपालको चर्चित एवं बरिष्ठ कलाकार महानायक राजेश हमालको उत्प्रेरणात्मक बिचार तथा अनुभव शेयर गर्ने उदेश्यले कार्यक्रम आयोजना गरिएको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीको समुपस्थितीमा सम्पन्न कार्यक्रममा विभागीय प्रमुखहरु, प्रदेश प्रमुख, तथा विभिन्न शाखाका शाखा प्रमुखहरु सहित देशैभरिबाट उत्कृष्ट व्यवसाय गरी योजनामा छनौट हुन सफल हुनुभएका करिब ३ सय जना बरिष्ठ अभिकर्ताहरुले कार्यक्रममा सहभागिता जनाउनुभएको थियो ।

कार्यक्रमको शुभारम्भ प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले पानसमा द्विप प्रज्वलन गरी गर्नुभएको थियो । कार्यक्रममा सहभागी अभिकर्ताहरुलाई सम्बोधन गर्दैै उहाँले कम्पनीले आर्थिक बर्ष २०८१।८२ मा उल्लेखनीय व्यवसाय गर्न सफल हुनुमा अभिकर्ताहरुको मूख्य भूमिका रहेकोमा दुईमत नरहेको बताउनु भयो उहाँले कम्पनीलाई अग्रस्थानमा पु¥याउन महत्वपूर्ण भुमिका खेल्ने अभिकर्ता समूहलाई उच्च प्राथमिकतामा राख्दै नयाँ नयाँ योजनहरु प्रस्तुत गरेको र सोही क्रममा नेपाली सिने जगतका चर्चित कलाकार एवं बौद्धिक व्यक्तित्व महानायक राजेश हमालसंग साक्षात्कार गराई उहाँको अनुभवबाट केहि प्रेरणा लिन सकिने गरी भदौ महिनामा सफलताको शुरुवात योजना प्रस्तुत गरिएको बताउनुभयो । उहाँले यो योजनाबाट अभिकर्ताहरु उत्साही भई देशैभरिबाट करिब ३०० जना अभिकर्ताहरु छनौट हुनबाट पुष्टि भएको बताउनु भयो ।

देशैभरिबाट कार्यक्रममा छनौट भई सहभागी हुने अभिकर्ताहरुलाई प्रमुख कार्यकारी अधिकृतले सम्मान पत्रबाट प्रदान गर्नुभएको थियो ।

यसैगरी कम्पनीका बजार विभाग प्रमुख विवेक शर्माले सेल्स स्किल सम्वन्धमा तालिम प्रदान गर्नुभएको थियो ।

कार्यक्रममा महानायक राजेश हमालले यो स्थानमा आईपुग्न आफूले सिनेजगतमा गरेको संघर्ष तथा निरन्तरताले मात्र सम्भव भएको बताउनु हुँदै जुनसुकै पेशा अपनाउने व्यक्तिले पनि आफ्नो पेशालाई निरन्तरता दिँदा आपूmले लिएको जिम्मेवारीमा उत्कृष्टता हासिल गर्न सकिन्छ भन्ने बिचार व्यक्त गर्नुभयो ।

मनोरञ्जनात्मक प्रस्तुती सहित सम्पन्न सो कार्यक्रममा सहभागी अभिकर्ताहरुले महानायक राजेश हमालसंग साक्षात्कार गर्ने अवसर प्रदान गरेकोमा कम्पनीप्रति आभार व्यक्त गर्दै यस प्रकारको कार्यक्रमबाट वृत्ति विकासमा समेत योगदान पुग्ने विश्वास व्यक्त गरेका थिए ।

Share Now