सानेपा(ललितपुर), ५ भदौ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भदौ ८ गते बस्ने भएको छ ।
नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले सोमबार जारी गर्नुभएको विज्ञप्ति अनुसार केन्द्रीय समितिको बैठक शुक्रबार विहान ११ः०० बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी.स्मृति भवन, ललितपुरमा बस्ने भएको छ ।
उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी। सदस्य र आमन्त्रित सदस्यहरुलाई उपस्थितिका लागि अनुरोध गरिएको छ ।


















