Prakash Adhikari November 8, 2025

 

हंगकंग(चीन), २१ कार्तिक । हंगकंग सिक्सेज अन्तरगत आज नेपालले एकै दिन तीन देशका टिमविरुद्ध अलग अलग प्रतिस्पर्धा गरेको थियो । जसमा नेपालले भारतलाई शानदार ढंगले पराजित गर्यो भने श्रीलंका र दक्षिण अफ्रिकासंग नेपाल पराजित भयो ।

हङकङमा जारी हङकङ इन्टरनेशनल सिक्सेस प्रतियोगिताअन्तर्गत आज नेपालले भारतलाई ९२ रनले पराजित गरेको छ । जारी प्रतियोगितामा यो नेपालको पहिलो जित हो ।
जितका लागि नेपालले दिएको १३८ रनको लक्ष्य पछ्याएको भारत तीन ओभरमा अलआउट हुँदै ४५ रनमा समेटियो । उसका लागि भरत चिप्ली र प्रियांक पञ्चालले १२/१२ रन बनाए भने रोविन उथप्पाले पाँच तथा दिनेश कार्तिक र सहबाज नदिमले समान सात÷सात रन बनाए ।
नेपालका लागि रसिद खानले तीन विकेट लिए भने रुपेश सिंह र बसिर अहमदले समान दुई/दुई विकेट लिए ।
पहिले ब्याटिङ गरेको नेपालले निर्धारित छओभरमा कुनै पनि विकेट नगुमाइ १३७ रन बनाएको थियो । नेपालका लागि रसिद खानले ५५ रनको योगदान दिए भने सन्दीप जोराले ४७ र लोकश बमले ३१ रन बनाए ।
नेपाल श्रीलङ्कासँग पराजित
 हङकङमा जारी हङकङ सिक्सेस प्रतियोगिताअन्तर्गत नेपाल श्रीलङ्कासँग तीन विकेट पराजित भएको छ । यससँग प्रतियोगितामा नेपालले लगातार तेस्रो हार बेहोरेको छ ।
आजै भएको समूह चरणको खेलमा नेपाल दक्षिण अफ्रिकासँग चार विकेटले पराजित भएको थियो । त्यस्तै हिजो भएको खेलमा नेपाल अफगानिस्तानसँग पराजित भएको थियो ।
आज टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित छ ओभरमा चार विकेट गुमाउँदै ८६ रन बनायो । नेपालका लागि ओपनरद्वय सन्दीप जोराले ३९ र लोकेश बमले अबिजित ३१ रन बनाए ।
श्रीलंकाका लागि थरिन्दु रत्नायकेले दुई विकेट लिए भने लाहिरु समरकुन र लहिरु मदुशन्काले समान एक–एक  विकेट लिए । सतासी रनको लक्ष्य श्रीलङ्काले ५.३ ओभरमा तीन विकेट गुमाउँदै पूरा गर्यो । उसका लागि धनञ्जय लक्षणले अविजित ३६ रन बनाए भने निमेश विमुखीले अविजित ३३ रन बनाए ।
नेपालको लागि रुपेश सिंहले दुई विकेट लिए भए भने लोकेश बमले एक विकेट  लिए ।
 दक्षिण अफ्रिकासँग पराजित
 हङकङमा जारी हङकङ सिक्सेस क्रिकेट प्रतियोगितामा नेपाल दक्षिण अफ्रिकासँग ४ विकेटले पराजित भएको छ ।
 जितको लागि नेपालले दिएको ५९ रनको लक्ष्य पछाएको दक्षिण अफ्रिकाले ३.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो । उसका लागि ब्लेक सिम्पसनले सर्वाधिक अविजित ३० रन बनाए ।
यता नेपालका लागि लोकेश बमले २ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपाल ३.३ ओभरमा ५८ रनमा अलआउट भएको थियो । नेपालका लागि राशिद खानले सर्वाधिक १६ रन बनाए । लोकेश बमले १४ तथा आदिल आलमले १३ रन बनाए ।
दक्षिण अफ्रिकाका अब्दुल्लाह बायोमी, ब्लेक सिम्पसन र जोरिक भान साकवायकले समान २–२ विकेट लिए । यससँगै नेपालले प्रतियोगितामा लगातार दोस्रो हार बेहोरेको छ ।
यसअघि नेपाल पहिलो खेलमा अफगानिस्तानसँग पराजित भएको थियो ।
–––
Share Now