Prakash Adhikari November 13, 2025

काठमाडौं, २७ कात्तिक । जेन जी आन्दोलनका क्रममा २४ भदौको विध्वंसमा संलग्न ४ सय २९ जनालाई पक्राउ गरी मुद्दा चलाईएको छ ।

गृहमन्त्री ओमप्रकाश अर्यालले राष्ट्रिय सभा अन्तरगतको संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बिहीबार यस्तो जानकारी दिनुभएको हो । उहाँका अनुसार उनीहरुविरुद्ध विभिन्न कसुरमा १ सय ६८ वटा मुद्दा दर्ता भएको छ ।

गृहमन्त्री अर्यालले जेनजी आन्दोलनका क्रममा क्षति भएका ४ सय ६५ मध्ये ४ सय ४८ प्रहरी बिट सञ्चालनमा आइसकेको जानकारी दिनुभयो ।

समितिको बैठकलाई सम्बोधन गर्दै उहाँले सरकार बन्दा अन्योलपूर्ण अवस्था रहेको र अहिलेसम्म आइपुग्दा दुई महिनाको अवधिमा शान्ति सुरक्षालाई सामान्य अवस्थामा ल्याउन सकिएको बताउनुभयो ।

Share Now