Prakash Adhikari November 27, 2025

 

ढाका(बंगलादेश), ११ मंसिर । नेपालबाट बंगलादेशले थप २० मेगावाट बिजुली लिने भएको छ ।

बिहीबार बंगलादेशको ढाकामा बसेको नेपाल–बंगलादेश ऊर्जा सचिवस्तरीय बैठकमा यस्तो सहमति भएको हो ।

बैठकमा नेपालको तर्फबाट ऊर्जा सचिव चीरञ्जीवी चटौतको नेतृत्वको प्रतिनिधि मण्डल र बंगलादेशको ऊर्जा सचिव फर्जना ममताज टोलीले नेतृत्व गरेको प्रतिनिधि मण्डलवीच वार्ता भएको थियो ।

नेपालबाट अहिले बंगलादेश भने ४० मेगावाट निर्यात भइरहेको छ ।

Share Now