Prakash Adhikari December 3, 2025

काठमाडौँ, १७ मङ्सिरः त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज अपराह्न ४ः०० बजे विराटनगर किङ्स र लुम्बिनी लायन्सबीच स्पर्धा हुँदैछ ।

सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरले पाँच खेलबाट आठ अङ्क जोडेको छभने रोहितकुमार पौडेलले नेतृत्व सम्हालेको लुम्बिनीले पाँच खेलमा दुईमात्र जितेको छ । प्लेअफको सम्भावना जीवित राख्न लुम्बिनीलाई आजको खेल जित्नुपर्ने दबाब छ ।

Nepal Premier League

Team M W L PT NRR
SPR 5 5 0 10 1.292
KAG 6 4 2 8 0.516
BIK 5 4 1 8 0.421
POA 5 2 3 4 -0.159
CHR 5 2 3 4 -0.333
LUL 5 2 3 4 -0.881
KAY 6 1 5 2 -0.434
JAB 5 1 4 2 -0.495
Share Now