कीर्तिपुर(काठमाडौं),१९ मंसिर। सिद्धार्थ बैँक नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरडत आज भएको पहिलो खेलमा सुदूरपश्चिम रोएल्सलाई ६ विकेटले पराजित गर्दै विराटनगर किंग्स क्वालिफायरमा प्रवेश गरेको छ ।
आजको खेलमा फाफ डु प्लेसी र सम हिजलेटको आक्रमक अर्धशतकमा विराटनगरकिंग्सले सुदूरपश्चिमको ६ खेलको अपराजित यात्रामा ब्रेक लगाइदिएको हो ।
आज सुदूरपश्चिमले दिएको १ सय ४८ रनको लक्ष्य विराटनगरले ११.५ ओभरमा ४ विकेट गुमाएर १ सय ५० रन बनाउदै पूरा गर्यो ।
यो जितसंग ७ खेलमा ५ जितबाट १० अंक जोडेको विराटनगर अंकतालिकामा दोस्रो स्थानमा उक्लेको छ र अब पहिलो क्वालिफायरमा विराटनगरले सुदूरपश्चिमसँगै प्रतिस्पर्धा गर्ने छ ।
७ खेलबाट ५ जित र २ हार ब्यहोरेका विराटनगर र काठमान्डु दुवैले समान १० अंक जोडेपनि नेट रनरेटमा विराटनगरले काठमान्डुलाई पछि पार्दै लिगमा दोस्रो स्थान हासिल गरेको छ।
यसअघि नै शीर्ष स्थानमा रहने पक्का भइसकेको सुदूरपश्चिमले आजको खेलमा स्कट कुगेलेइन क्रिस लिन जस्ता खेलाडीहरुलाई आराम दिएको थियो ।
टस हारेर पहिले ब्याटिङ गरेको सुदूरले १ सय ४७ रन बनाएको थियो । विराटनगरले उक्त लक्ष्य १३.५ ओभर अगाडि नै पूरा गरेमा काठमाडौंलाई पछि पार्दै दोस्रो हुने थियो । सो लक्ष्य लिएको विराटनगरलाई भाग्यले साथ दियो । विदेशी खेलाडी फाफ डु प्लेसी र साम हिजलेटले आक्रमक ब्याटिङ गरेपछि १ सय ४८ रनको लक्ष्य विराटनगरले १३.५ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो ।
विराटनगरका लागि साम हिजलेटले सर्वाधिक ५१ रन बनाए भने डु प्लेसीले ५० रन बनाए ।
१ सय ४८ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगरका लागि फाफ डु प्लेसी र साम हिजलेटले ओपनिङ संगै आक्रमक खेल खेले । यो जोडीले पावरप्लेमा अहिलेसम्मकै कीर्तिमानी ८७ रनको साझेदारी गर्यो । यस्तै डु प्लेसीले १९ बलमै अर्धशतक बनाउँदै एनपीएलमा संयुक्त रुपमा दोस्रो छिटो अर्धशतक पूरा गरे । अर्धशतक प्रहार गरेलगत्तै अर्को बलमा उनी आउट भए । २० बल खेलेका डु प्लेसीले ५ चौका र ४ छक्का प्रहार गरे ।
यस्तै हिजलेट पनि अर्धशतक बनाएलगत्तै आउट भए । हिजलेटले २७ बल खेल्दै ३ चौका र ४ छक्का मदतमा ५१ रन जोडे ।
यस्तै वान डाउनमा ब्याटिङ गरेका मार्टिन गुखप्टिलले पनि आक्रमक ब्याटिङ गर्दै ९ बलमा २२ रन योगदान गरे । यसक्रममा उनले ३ छक्का प्रहार गरे ।
खेलमा प्रतिश जिसीले ३ बलमा २ छक्का मद्दतमा अविजित १३ रन बनाए ।
बलिङमा सुदूरपश्चिमका लागि अविनश बोहराले २ तथा हर्मित सिंहले १ विकेट लिए ।
त्यसअघि कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा शनिवारको पहिलो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ४७ रन बनाएको थियो ।
सुदूरपश्चिमका लागि आरिफ शेखले ३२ बलमा १ चौका ३ छकक् मदतमा अविजित रहँदै ४५ रन बनाए । यस्तै इशान पाण्डेले ३५ बल खेल्दै २ चौका र २ छक्का मदतमा ३८ रन जोड । तेस्रो विकेटका लागि इशान पाण्डे र आरिफ शेखले ७२ रनको साझेदारी गरेका थिए ।
यस्तै ओपनर जोश ब्राउनले २५ बलमा २४ रन, कप्तान दीपेन्द्र सिंह ऐरीले ११ बलमा २ छक्का प्रहार गर्दै १९ रन बनाए । विनोद भण्डारीले १३ बलमा १५ रन जोडे ।
बलिङमा विराटनगरका कप्तान सन्दीप लामिछानेले ४ ओभरमा २० रन खर्चेर ३ विकेट लिए । अन्तिम ओभर मात्र बलिङ गरेका प्रतिश जिसीले ४ रन खर्चेर २ तथा बसिर अहमदले १ विकेट लिए ।


















