Prakash Adhikari December 8, 2025

काठमाडौं, २२ मंसिर ।सुशीला  कार्की सरकारका गतिशील मन्त्री कुलमान घिसिड.को बेलगाम गतिमा सर्वोच्च अदालतले ब्रेक लगाइदिएको छ । सर्वोच्च अदालतले आज नेपाल विद्युत् प्राधिकरण कार्यकारी निर्देशकमा हितेन्द्रदेव शाक्यलाई पुनर्स्थापित गर्ने आदेश दिएको छ।

जेनजी आन्दोलनपछि बनेको कार्की सरकारमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री बनेका प्राधिकरणका पूर्वप्रबन्ध निर्देशक कुलमान घिसिङले आफूलाई पूर्ववर्ति सरकारले प्राधिकरणबाट हटाएर ल्याएका शाक्यलाई जल तथा ऊर्जा आयोगमा सरुवा गरी प्राधिकरणको प्रबन्ध निदेशकमा मनोज सिलवाललाई ल्याउनु भएको थियो । सरकारको त्यस कदमविरुद्ध शाक्य सर्वोच्च अदालत जानुभएको थियो ।

उक्त रिट उपर सुनुवाइ गर्दै सोमवार  सर्वोच्चका न्यायाधीशद्वय डा. नहकुल सुवेदी र श्रीकान्त पौडेलको इजलासले शाक्यलाई पुनर्स्थापित गर्ने आदेश  दिएको हो ।

Share Now