लमहीस्थित वडा प्रहरी कार्यालयका प्रहरी निरीक्षक रोशनराज पाण्डेयका अनुसार आज बिहान पुलबाट खोलामा बस खसेको हो ।
नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा स्थानीयको सहयोगमा घाइतेहरूलाई उद्धार गरी लमही अस्पताल पु¥याइएको छ ।
बसमा ३८ जना यात्री थिए ।
बस चालकले पट्टा भाँचिएर बस अनियन्त्रित भएर दुर्घटनामा परेको प्रारम्भिक बयान प्रहरी समक्ष दिएका छन् ।
दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरी निरीक्षक पाण्डेले जानकारी दिनुभएको छ ।
दुर्घटनामा पार्नु भएका सबै यात्रु हरुको सामान्य उपचार पश्चात स्वास्थ्य अवस्था सामान्य रहेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी प्रहरी वरिष्ट उपरीक्षक शारदा प्रसाद चौधरी ले जानकारी दिनु भएको छ ।।