दुबाई(युएई), २७ मंसिर । एसीसी यु १९ एशिया कप अन्तरगत आज नेपाली युवा क्रिकेट टोली श्रीलंकाविरुद्ध मैदानमा उत्रिएको छ ।
युएईको दुबाईस्थित क्रिकेट मैदानमा भइरहेको खेलमा नेपालले टस हारेर ब्याटिड.को निम्तो पायो । पहिले ब्याटिड. गरेको नेपालले २१ औं ओभरको अन्त्यमा नेपालले ७० रन जोड्दा ६ विकेटको क्षति ब्यहोरेको छ ।
नेपालले ७.२ ओभरमा निरजकुमार यादवलाई गुमायो । सहिल पटेलको बलिड.मा भिरन चामुण्डिथाले प्रहार गरेको बलमा रन लिन खोज्दा उनी रन आउट भएका हुन । त्यस लगत्तै ८. २ ओभरमा श्रीलंकाका सेथमिका सेनेभिरत्नमले गरेको बलिड.मा साहिल पटेल क्याच आउट भए । १०.५ ओभरमा उनैबाट वंश क्षेत्री शून्य रनमा बोल्ड आउट भए । त्यस लगत्तै दिलसाद अलि शून्य रनमा क्याच आउट भए ।कप्तान अशोक धामीले ९ रनमात्र जोडे भने १८ रन बनाएका सिबरिन श्रेष्ठ पनि क्याच आउट भए ।
नेपाल एसीसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो।
नेपाल, श्रीलंकासहित साविक विजेता बंगलादेश र अफगानिस्तान एउटा समूहमा छन्। अर्को समूहमा भारतले युएई र पाकिस्तानले मलेसियालाई हराउँदै विजयी सुरुवात गरिसकेका छन् ।
नेपालले प्रिमियर कप खेलेको टोलीमा ४ खेलाडी परिवर्तन गरेको छ। नेपाल प्रिमियर लिग (एनपीएल) खेलेका अभिषेक तिवारी, साहिल पटेल , विपिन शर्मा र युवराज खत्री अहिले एसिया कपको टोलीमा छन्। यसले टोली थप बलियो बनेको विश्वास गरिएको छ।
एसियाली क्रिकेट काउन्सिल (एसीसी) का पूर्ण सदस्य राष्ट्र भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान स्वत तथा युएई, नेपाल र मलेसिया प्रिमियर कपको शीर्ष ३ टोलीका रुपमा छनोट हुँदै एसिया कप खेल्दैछन्।
अशोक धामीको कप्तानीमा रहेको नेपालको टोलीमा उपकप्तान निरज यादव दिलसाद अली, अभिषेक तिवारी, सिब्रिन श्रेष्ठ, साहिल पटेल, दयादन्द मण्डल, निश्चल क्षेत्री, आशिष लोहरा, नितेश पटेल, चन्दन राम, रोशन बिके, विपिन शर्मा, वंश क्षेत्री र युवराज खत्री रहेका छन् ।


















