काठमाडौं, २८ मंसिर । नेपालका चर्चित क्रिकेट स्टार सन्दीप लामिछानेले बंगलादेश प्रिमियर लिग (बीपीएल) खेल्ने भएका छन्।
एनपीएल सकिने वित्तिकै उनले बीपीएलको राजशाही वारियर्ससंग सीधै हस्ताक्षर गरेका छन् । ंवारियर्सले आइतबार उनलाई अनुबन्ध गरेको जानकारी दिएको हो।
बंगलादेश प्रिमियर लिग डिसेम्बर २६, २०२५ बाट आरम्भ भएर जनवरी २३, २०२६ मा समापन हुने कार्यतालिका छ ।
सन्दीप लामो समयपछि विदेशी फ्रेन्चाइज क्रिकेटमा फर्किन लागेका हुन्।
उनले घरेलु मैदानमा भएको नेपाल प्रिमियर लिग (एनपीएल)मा विराटनगर किङ्सको कप्तानी गरेका थिए। क्वालिफायर २ मा लुम्बिनी लायन्ससँग पराजित भएसंगै विराटनगर किंग्सको एनपीएल यात्रामा पूर्णविराम लागेको थियो। यद्यपि सन्दीप भने प्रतियोगिताकै सर्वाधिक विकेटकर्ता बनेर एउटा पल्सर मोटरसाइकल भने जितेका थिए।
एनपीएलको दोस्रो संस्करणमा उनले १७ विकेट लिएका थिए।


















