Prakash Adhikari December 15, 2025

दुबाई(संयुक्त अरब इमिरेट्स) । नेपाली युवा क्रिकेट टोलीले आज १२ औं एसीसी यु १९ एसिया कपमा साविक विजेता बंगलादेशको‌ सामना गर्दैछ।‌

खेल नेपाली समयअनुसार बिहान १०ः४५ बजे सुरु भएको खेलमा नेपालले टस हारेर ब्याटिड.को निम्तो पाएको छ ।

अहिले खेल छैठौं ओभरको अन्त्यमा पुगेको छ । नेपालले कुनै विकेट नगुमाइकन ३४ रन जोडेको छ ।

एसीसी यु १९ प्रिमियर कपको उपविजेता बन्दै नेपाल एसिया कपका लागि छनोट भएको थियो।

जारी एसिया कपको पहिलो खेलमा‌ नेपाली टोली ८ विकेटले पराजित भएको थियो। श्रीलंकाको पेलानमा परेको नेपालले २८.५ ओभरमा अलआउट हुँदै मात्र ८२ रन बनाएको थियो।

बंगलादेशले भने अफगानिस्तानविरुद्ध २ सय ८४ रन पछ्याउँदै ३ विकेटको‌ जित निकालेको थियो।

अर्को समूहमा भारतले २ खेल, युएई र पाकिस्तानले समान १ खेल जितेका छन् । मलेसिया जित विहिन छ।

एसियाली क्रिकेट काउन्सिल (एसीसी) का पूर्ण सदस्य राष्ट्र भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तान स्वत तथा युएई, नेपाल र मलेसिया प्रिमियर कपको शीर्ष ३ टोलीका रुपमा छनोट हुँदै एसिया कप खेल्न पुगेका हुन् ।

कप्तान अशोक धामीको नेतृत्वमा रहेको नेपाली टिममा उपकप्तान निरज यादव, दिलसाद अली, अभिषेक तिवारी, सिब्रिन श्रेष्ठ, साहिल पटेल, दयादन्द मण्डल, निश्चल क्षेत्री, आशिष लोहरा, नितेश पटेल, चन्दन राम, रोशन बिके, विपिन शर्मा, वंश क्षेत्री र युवराज खत्री रहेका छन् ।

Share Now