नेपालगञ्ज, ६ पौष । नेपालगञ्जमा ‘क्रस बोर्डर टुरिजम कन्क्लेभ’ सुरु भएको छ । नेपाल पर्यटन बोर्डको आयोजना तथा नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) बाँके च्याप्टरको संयोजनमा सुरु भएको कन्क्लेभमा नेपाल र भारतका पर्यटन साझेदार तथा सरोकार भएका निकायका प्रतिनिधि सहभागी छन् ।
कन्क्लेभको शुभारम्भ गर्दै नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले धार्मिक पर्यटनका हिसाबले नेपालगञ्ज प्रख्यात रहेको उल्लेख गर्दै भारतीय पर्यटकलाई आकर्षित गर्न हामी सबैको साझा प्रयास, समन्वय र सहकार्य आवश्यक पर्ने बताउनुभयो ।
उहाँले धार्मिक पर्यटनलाई कसरी बढाउन सकिन्छ भनेर उपमहानगरपालिकाले प्राथमिकतामा राखी योजना बनाइरहेको जानकारी दिँदै नेपालगञ्जमा भारतीय पर्यटकलाई सहज वातावरण निर्माणको प्रयत्न गरिने बताउनुभयो ।
नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत दीपकराज जोशीले बाँकेमा पर्यटनको प्रशस्त सम्भावना रहेको बताउँदै धार्मिक पर्यटन प्रवर्द्धनमा यस्ता कार्यक्रम सहयोगी बन्ने विश्वास व्यक्त गर्नुभयो ।
भारतीय टुर अप्रेटर शैलेश अग्रवालले भारतीय पर्यटकलाई हवाई उडानमा तोकिएकोभन्दा बढी शुल्क लिन नहुने बताउनुभयो । टुर अपरेटर मनिराम गुप्ताले भारतबाट नेपाल आउँदा सन्देह राख्नुपर्ने अवस्थाको अन्त्य जरुरी रहेको उल्लेख गर्दै भारतीय पर्यटकलाई कानुनी झमेला भन्दा पारिवारिक वातावरण दिनुपर्ने बताउनुभयो ।
होटल एसोसिएसन अफ नेपाल (हान), बाँकेका दिवाकर खनालले पशुपति, केदारनाथ, जनकपुर अयोध्या र लुम्बिनी बोधगया सर्किट बनाएर पर्यटन विकास गर्न सकिनेमा जोड दिनुभयो । वागिश्वरी मन्दिरका मूल महन्त चन्द्रनाथ योगीले धर्मको विकाससँगै पर्यटनको विकास हुने बताउनुभयो ।
नाट्टा बाँकेका पूर्वअध्यक्ष श्रीराम सिग्देलले दुवै देशका पर्यटन साझेदार, सरोकार भएकालाई एउटै थलोमा ल्याएर पर्यटन प्रवर्द्धनमा देखिएका अवरोध हटाउन सहयोग पुग्ने उल्लेख गर्दै नेपाल र भारतबीचका पर्यटन व्यवसायीमा अन्तरसम्बन्ध विकास गर्नुपर्नेमा जोड दिनुभयो ।
तीस जना भारतीय टुर अपरेटरसहितको सो कार्यक्रममा ३२ वटा स्टलसमेत राखिएका छन् । टुर अपरेटरलाई ग्रामीण पर्यटनका बारेमा जानकारी दिँदै बाँके राष्ट्रिय निकुञ्जमा आइतबार जङ्गल सफारी गराउने कार्यक्रम रहेको पूर्वअध्यक्ष सिग्देलले बताउनुभयो ।
दुवै देशको पर्यटन व्यवसायको अनुभव आदानप्रदान हुनुका साथै पर्यटकलाई भित्र्याउँदा दुई देशको सीमाक्षेत्रमा आउने गरेका समस्यालाई समाधान गर्नका लागि नीति, निर्माताबीच छलफल भएको थियो ।
नाट्टा बाँके च्याप्टरका अध्यक्ष डिल्लीराज रेग्मीले पर्यटन क्षेत्रलाई चलायमान बनाउनका लागि ‘क्रस बोर्डर टुरिजम कन्क्लेभ’ महत्त्वपूर्ण कार्यक्रम रहेको बताउनुभयो ।
काठमाडौँ, १ चैतः मुलुकको विषम परिस्थितिमा कार्यकारी प्रमुखको जिम्मेवारी सम्हालेर प्रधानमन्त्री सुशीला कार्कीले तोकिएको समयमा प्रतिनिधिसभाको निर्वाचन गराउने कार्यभार पूरा गर्नुभएको छ । निर्वाचन हुने/नहुने भन्ने संशयकाबीच यही फागुन २१ […]
काठमाडाँै, २४ पुसः सरकारले दक्षिण कोरिया जाने प्रयोजनका लागि रोजगार अनुमति प्रणाली (इपिएस) परीक्षा उत्तीर्ण गरी रोस्टरमा रहेका तर, विभिन्न कारणले हालसम्म अवसर नपाएका व्यक्तिको पक्षमा तीन वटा निर्णय गरेको […]
काठमाडौँ, २१ चैत : हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको छ । बागमती, लुम्बिनी, गण्डकी र कर्णाली प्रदेशलगायत देशको हिमाली भू–भागमा साधारणतया बादल लागेको छ […]
Kathmandu, Oct 16: Kanchha Sherpa, a member of the first successful Mt Everest climbing team, has passed away at the age of 92. Edmund Hillary and Tenzing Norgay Sherpa reached […]